चलचित्रको ट्रेलर मात्र हेर्ने हो भने ‘कुसुमे रुमाल २’ डेब्यू निर्देशक निरक पौडेलले आफ्नो दोश्रो प्रोजेक्टलाई विशेष बनाएका छन् । उनले निर्देशन गरेको चलचित्र ‘होमवर्क’ जेठ ७ गतेबाट रिलिज हुँदैछ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै युट्युबबाट सार्वजनिक भैसकेको चलचित्रको गीत र ट्रेलर देखाइयो । साथमा ‘होमवर्क’ बिषयमा एक सय शब्द भित्र निवन्ध लेखेर पठाउने मध्ये उत्कृष्ट जुनसुकै श्रेणीका विद्यार्थीको एक बर्षका फिस तिरिदिने घोषणा पनि गरियो ।
आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको यो चलचित्रले जीवनको जुनसुकै उमेरमा पनि होमवर्क गर्नुपर्ने बिषयलाई उठान गरेको छ । कार्यक्रममा बोल्दै नायक आर्यन सिग्देलले दोहोरो भूमिका गर्दा केही अप्ठ्यारो भएको बताए । उनले बाबु र छोरा छिनछिनमै बन्नुपर्ने र त्यसका लागि गेटअप परिवर्तन गर्दा गाह्रो भएको बताए । तर, केही भएपनि रिजल्ट आइसकेको र प्रतिक्रिया राम्रो पाएकोमा उनले खुशी व्यक्त गरे ।
निर्देशक निरक पौडेलका अनुसार चलचित्र बनाउँदा खुबै मिहिनेत गरिएको थियो । जसको प्रतिफल पनि राम्रो आउनेमा निरक आशावादी छन् । कार्यक्रममा नायिका नम्रता श्रेष्ठ भने उपस्थित थिइनन् । ‘होमवर्क’ आर्यन र नम्रताकै यो बर्षको पहिलो रिलिज हो ।
तस्बिर : स्वस्तिका चिलवाल
प्रतिक्रिया 4