Comments Add Comment

मेगा बैंकले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

samjhauta
२० वैशाख, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । पाचौं साधारणसभाले गरेको निर्णयअनुसार बैंकले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नयुक्त गरेको छ ।

यस सम्बन्धी समझौतापत्रमा मेगा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनुपमा खुन्जेलि र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख मर्चेन्ट बैंकिङ नलिना श्रेष्ठले हस्ताक्षर गरे ।

२५ प्रतिशत हकप्रद सेयर निष्काशनपछि मेगा बैंक नेपाल लिमिटेडको चुक्ता पुँजीे ४ अर्ब ५ करोड रुपैयाँ हुनेछ । हाल बैैंकको २९ अर्ब निक्षेप र २६ अर्ब रुपैयाँ कर्जा प्रवाह छ ।

बैंकले देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम, ५३ वटा शाखारहित बैंकिङ, १४०० मेगा रेमिटको सञ्जाल तथा एउटा  एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment