Comments Add Comment

सरकार फेर्ने हल्लादेखि बालुवाटार बैठकसम्मः के पाक्दैछ काठमाडौंमा ?

संसद अधिवेशन कांग्रेस र एमालेको कोपभाजनमा पर्ने संकेत

Pm-office२१ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदको बजेट अधिवेशन शुरु भएकै दिन मंगलबार राजधानीमा सरकार परिवर्तनको हल्ला एकाएक गर्माएको छ । दिनभरि चलेको सरकार परिवर्तनको हल्लालाई साँझ बालुवाटारमा बोलाइएको एमाले-एमाओवादी बैठकमा चिसोपानी खन्याउने प्रयास एमाले नेताहरुले गरेका छन् ।

संघर्षको केन्द्र बन्दै संसद

नेपाली कांग्रेसका नेताहरुले आफ्नै नेतृत्वमा ओली सरकारको विकल्प दिन नसक्ने अवस्था आएको खण्डमा एमाओवादी अध्इक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि सरकार ढाल्ने रणनीति बनाएको छ । र, यो काम आगामी जेठ १५ गते एमालेलाई बजेट ल्याउन नदिई सम्पन्न गर्नुपर्ने कांग्रेस नेताहरुको निश्कर्ष छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ गएका केही केन्द्रीय नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि बजेट अगावै सरकार ढाल्ने सुझाव देउवालाई दिएका थिए । र, देउवाले पनि यसमा सकारात्मक सन्देश दिएपछि कांग्रेसको रणनीति बाहिर चुहिएको छ ।

नेपाली कांग्रेसको संसदीय दलले संसद अधिवेशनमा कडारुपमा प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेसको यस्तो रणनीति हेर्दा अबको केही दिन व्यवस्थापिका संसद सरकार र प्रतिपक्षवीचको संघर्षको मैदान बन्ने लगभग निश्चितजस्तै देखिएको छ ।

प्रतिपक्षले कडारुपमा प्रस्तत हुने भन्नासाथै सत्तारुढ नेकपा एमालेले संसदमा प्रतिपक्षको डटेर सामना गर्ने तयारी गरेको छ । मंगलबार नै बसेको एमाओवादी संसदीय दलको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले भूकम्पपछिको पुनर्निर्माण, आगलागी र खडेरी लगायतका प्रकोपहरुका विषयमा संसदमा कडारुपमा प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

साथै एमाओवादीले मधेस लगायतका विषयहरुमा राष्ट्रिय सहमतिमा जोड दिने निर्णय गरेको छ ।

यस्तो छ संसदको कार्यसूचि

  • मंगलबार सुरु भएको व्यवस्थापिका संसदको बजेट अधिवेशनको कार्यसूची असार १५ सम्मको सार्वजनिक भएको छ, जुन यस्तो छ-
  • वैशाख २२ र २३ गते- पुर्निनिर्माण, आगलागी लगायतका विषयमा संसदको पूर्ण बैठकमा छलफल हुने
  • वैशाख २३ गते अर्थमन्त्रीले पूर्वबजेट अर्थात बजेको सिद्धान्त र प्राथमिकता पेश गर्ने ।
    वैशाख २४ र २५ गते पि्रबजेटमाथि छलफल हुने ।
  • वैशाख २६ गते अपरान्ह ४ बजे- राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने ।
  • वैशाख २७ गते बिहान ११ बजेदेखि नीति कार्यक्रममाथि अध्ययन र संशोधन ।
  • वैशाख २८-३० गते नीति कार्यक्रममाथि छलफल ।
  • वैशाख ३१ गते नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने ।
  • जेठ १-१२ गतेसम्म संसदको बैठक नराखिने ।
  • जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत गरिने ।
  • जेठ १५ गते अपरान्ह ४ बजे- अर्थमन्त्रीले संसदमा बजेट पेश गर्ने ।
  • जेठ १७ देखि १९ सम्म बजेटमाथि सामान्य छलफल ।
  • जेठ २० गते अर्थमन्त्रीले संसदमा जवाफ दिने ।
  • जेठ २१-३२ गते संसदको बैठक नबस्ने ।
    असार १ देखि १५ सम्म विनियोजन विधेयक पारित गर्ने ।

मुखमा सरकार, मनमा बजेट

कांग्रेस र एमालेवीच सरकारका विषयमा देखिएको हानाथापको अन्तर्यमा आगामी बजेट मुख्य विषय बनेको सूत्रहरुको विश्लेषण छ ।

एमालेले आगामी जेठ १५ मा अर्थमन्त्रीले बजेट पेश गर्ने समयभन्दा अगावै सरकार परिवर्तन गर्ने धम्की दिएर बजेटलाई सत्ताको प्रभावबाट रोक्ने कांग्रेसले रणनीति बनाएको छ ।

कांग्रेस नेताहरुले मुखले सरकार परिवर्तनको कुरा गरे पनि व्यवहारतः उनीहरुको मनमा एमालेले ल्याउन लागेको बजेटमा केन्दि्रत रहेको र डराइरहेको दाबी सत्तापक्षको छ ।

डिनर रणनीति

सरकारको कार्यशैलीबाट रिसाएको एमाओवादीलाई फकाउने रणनीतिका रुपमा एमालेले मंगलबारको बालुवाटार डिनर बैठकलाई उपयोग गर्न खोजेको छ ।

उता एमाओवादीले भने एमालेलाई धुक्र्याउने र बजेटमा आफ्नो इच्छाहरु समावेश गराउने रणनीति बनाएका छन् । त्यस्तो हुन नसक्ने अवस्था भएमा सरकार छाड्ने चेतावनी दिएर भए पनि एमाओवादीले सरकारमा आफ्नो प्रभावकारी उपस्थिति देखाउने रणनीतिका रुपमा बालुवाटारमा मंगलबार राति अबेरसम्म दुई पार्टीका नेताहरु जुटेका छन् ।

यी पनि पढ्नुहोस् 

राष्ट्रपतिले २६ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रचण्डलाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवा तयार

ओलीलाई धेरै समय काँधमा बोकेर हिँड्न सकिँदैनः वर्षमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment