Comments Add Comment

घरघरमा ग्यास पुर्‍याउने प्रधानमन्त्रीको योजना विफल

उपत्यकाको ग्यास प्रयोगमा ल्याउन नसकिने प्रमाणित

Gas-Pipe-Line२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको प्राकृतिक ग्यास अत्खनन गरी राजधानीबासीको घर घर पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना विफल हुने भएको छ ।

भारतीइ नाकाबन्दीका कारण ग्ग्यास अभावले पीडित उपभोक्तालाई प्रधानमन्त्रीले घर घरमा पाइपलाइनबाट ग्यास वितरण गर्ने महत्वाकांक्षी योजना सुनाएका थिए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रधानमन्त्रीको योजना जोक्सको संज्ञा पाएपछि उद्योग मन्त्रालये खानी तथा भूगर्भ विभागलाई राजधानीका सम्भावित स्थान तत्काल अध्ययन गरी ग्यास प्रयोगमा ल्याउन निर्देशन दिएको थियो ।

अध्ययनका क्रममा ग्यास उत्खनन र वितरण हुन सक्ने नदेखिएको विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले जानकारी दिए ।

विभागले उपत्यकाको टेकु र इमाडोलमा रहेको ग्यास वेल (कुवा) परीक्षण गरेको थियो ।  ‘छेकुको ग्यास वेल बन्द भइसेकेको र इमाडोलको प्रयोगमा आउन नसक्ने देखिएको छ’ श्रेष्ठले भने, ‘यी परीक्षणबाट उपत्यकाको ग्यास प्रयोगमा ल्याउन सकिने सम्भावना देखिँदैन । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment