Comments Add Comment

सिन्धुपाल्चोक छाड्दै विश्व खाद्य

Sindhupalchok One Year-After-a-Devastating-Earthquake   (7)२२ वैशाख, काठमाडौं । भूकम्पपीडितलाई अल्पकालीन र दीर्घकालीन राहतको प्याकेज लिएर आएका बिभिन्न आइएनजीओहरुले जिल्लामा ओलोचित हुदै गएपछि जिल्ला छाड्ने भएका छन् ।

आलोचना बढ्दै गएपछि केही आइएजीओले जिल्ला छाड्दै छन त केहि बिरुद्ध जिल्ला प्रसाशन कार्यलयमा कारवाहीको लागि उजुरी दर्ता गराएका आजको राजधानी दैनिकमा समाचार छ ।

भूकम्पपीडित भन्दा आफनै मोजमस्तीमा बढि रकम सकेको भन्दै आइएनजिओको चौतफिर् आलोचना हुदै गएपछि जिल्ला छाड्ने तयारीमा लागेका हुन् ।

५ वर्षका लागि जिल्लाका पीडितहरुलाई सघाउने भन्दै जिल्ला आएको बिश्व खाद्य कार्यक्रम पनि जिल्ला छाड्ने तयारीमा छ । जिल्ला आएदेखिनै कुहिएको चामल वितरण, पीतिहरुले माग्दा पनि नदिएको बरु खाल्डोमा गाड्ने लगायतका काम विश्व खाद्यले गर्दै आएको थियो ।

एक वर्षको अवधिमा विश्व खाद्य कार्यक्रमले सिन्धुपाल्चोकमा मात्रै ७१ करोड ३६ लख ८२ हजार रुपैयाँ सकेको छ । यो रकमको जम्म १० प्रतिशत मात्रै उसले पीडितका लागि खर्च गरेको स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment