+
+

जिउमा दाँतले टोकेर गरिने अनौठो दन्ते मसाज, केवल सेलिब्रेटीले मात्र पाउँछन् सेवा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते ८:११

biting-massage-therepyदुनियामा किसिम किसिमका मसाज उपलब्ध छन् । कतै जिउमा सर्पले मसाज गरिदिने त कतै शंखेकिरा र चिप्ले किराले । अनि कतै हात्तिले कुल्चिन लगाएर मसाज गराउने ।

तर पिठ्युँमा दाँतले टोकेर मसाज गरेको कुरा भने सायद तपाइँले सुन्नुभएको थिएन होला । सुन्दैमा सबैभन्दा युनिक तथा अनौठो लाग्ने यो मसाजको नयाँ काइदा पनि आइसकेको रेछ । तर यो मसाज सबै झारेझुरेलाई भने उपलब्ध रहेनछ । केवल ए क्लास सेलिब्रेटीलाई मात्र रहेछ अमेरिकामा ।

अमेरिकाको न्युजर्सीमा बस्ने डाक्टर डर्फ भन्ने डोरोथी स्टीन आफ्नो अनौठो मसाज थेरापीका लागि आजकल चर्चामा छिन् । आफ्नी आमालाई मसाज गर्दागर्दै उनले यो नयाँ मसाज विधिको आविष्कार गरेकी रहेछिन् ।

डोरोथी आफ्ना दाँतले ग्राहकका पिठ्युँमा टोकेर मसाज गरिदिन्छिन् । जसबाट मसाज गराउनेलाई निकै आनन्द मिल्ने दाबी उनकेा छ । कतिपय रकस्टार ग्राहकहरु पिठ्यु मात्र नभएर अगाडिको भागमा पनि दाँते मसाज गर्न लालायित हुने गरेका बताउँछिन् ।

उनका अनुसार सुरु सुरुमा उनी आफैले आफ्नो मनपर्ने रकस्टारसँग भेट्नका लागि यस्तो दाँते मसाजको अफर गर्दथिन् । विस्तारै यो मसाज सेलिब्रेटीहरुबीचमा निकै लोकप्रिय बन्न पुग्यो ।  उनको दाँते मसाज महंगो छ ।

एकपटक मसाज गरेको १६ हजार रुपैयाँ बराबरको रकम शुल्क तिर्नुपर्छ । उनले साधारण मानिसलाई सेवा दिँदिनन् केवल सेलिब्रेटीको मात्र जिउ टोकिदिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?