+
+
Shares

ओलीले प्रचण्डलाई भने -बजेट ल्याउन दिनुस्, प्रधानमन्त्री तपाईं

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते ६:४२

Prachanda-Kp-oli२३ वैशाख, काठमाडाैं। सत्ता गठबन्धनका दुई बामपन्थी दलबीच लगातार दोस्रो राति बालुवाटारमा वार्ता भएको छ ।

पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेर बालुवाटार पुगेका प्रचण्डले आफूलाई सघाउन केपी ओलीसँग आग्रह गरेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

ओलीले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि एमालेकै प्रस्तावमा सरकारको नेतृत्व गर्न एमाअेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेका छन् ।

‘राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा ठीक छ, एमालेकै प्रस्तावमा तपाईं प्रधानमन्त्री हुनुस्, वाम गठबन्धन नतोडौं, यसले मुलुकको हित गर्दैन र संविधान पनि कार्यान्वयन हुन सक्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दे उनका स्वकिय सचिव चेतन अधिकारीले भने, पहिले बजेट ल्याउँ, त्यसलगत्तै सल्लाहमै तपाईंले सरकारको नेतृत्व गर्नुस् ।’

एमाअेवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिन कांग्रेसले आफूलाई प्रस्ताव गरिसकेको दोहोर्‍याउदै समर्थन गर्न ओलीलाई आग्रह गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?