Comments Add Comment

‘राधे’ बन्दै निखिल, अशिष्मासँग जम्ने भो जोडी

nikhil and ashisma

यस्तो लाग्दैछ, नायक निखिल उप्रेतीको व्यस्तता दिनहुँ बढिरहेको छ । हाल चलचित्र ‘किङ’ छायांकनमा रहेका निखिल यसपछि ‘निर्भय’मा व्यस्त हुनेछन् । निखिलले विश्राम लिन यत्तीकै पाउँदैनन् । निर्माता सुशिल पोख्रेलले निखिललाई करिब २ महिना कुर्नेछन् र उनलाई नै शिर्ष भूमिका दिएर चलचित्र ‘राधे’ बनाउनेछन् ।

यो चलचित्रको निर्माण इजाजत विकास बोर्डबाट लिइएको छ । चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गर्नेछन् । सुशिलका अनुसार चलचित्रमा निखिलको साथमा नायिका अशिष्मा नकर्मीले काम गर्नेछिन् । निखिल, अशिष्मा र प्रमोद अग्रहरी, शिशिर भण्डारी पक्का भएको र अर्की एक नायिकासँग कुरा भैरहेको सुशिलले बताए ।

चलचित्रको छायांकन असारबाट गरिनेछ र फागुन १३ गते रिलिज गरिनेछ । शिवरात्रीमा चलचित्र प्रदर्शन गर्ने गरि निर्माताले असारबाट छायांकन प्रारम्भ गर्ने बताए । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, हिमाल केसीको एक्सन, कृण्ण श्रेष्ठको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भैसकेको छ ।

एक्सन र सोसल ड्रामामा यो चलचित्र निर्माण हुनेछ । सुशिल नेपाली चलचित्र क्षेत्रमा सफल निर्माताको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment