+
+

ट्यांकरको ठक्करबाट एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २४ गते १०:१४

oil tanker२४ वैशाख, कपिलवस्तु । ट्यांकरको ठक्करबाट कपिलवस्तुमा एक जनाको ज्यान गएको छ ।

पेट्रोल पम्पमा डिजल खन्याई ब्याक गर्ने क्रममा ना २ ख ६६१३ नम्बरको ट्याङ्करले स्थानीय ७३ वर्षीय विष्णुबहादुर बस्याललाई किचेको थियो । दुर्घटनापछि अस्पतालमा लगिएपनि उनको उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्करबाट लडेका बृद्धलाई पछाडिको चक्काले किचेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक बस्यालको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवालले जानकारी दिए ।

घटनामा संलग्न ट्याङ्कर र चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?