Comments Add Comment

गच्छदारले उदघाटन गरेको ‘बिराटनगर रिङरोड’ अलपत्र

ट्रयाक खोल्नै नसकी १५ वर्ष गुज्रियो

Biratnagar Ring goad२४ वैशाख, बिराटनगर । पूर्वी नेपालको औद्योगिक नगरी बिराटनगरको समृद्धिका लागि निर्माण थालिएको डेढ दशक बितिसक्दा पनि चक्रपथ निर्माणको ट्रयाक खोल्ने कामले पूर्णता पाउन सकेको छैन ।

बिराटनगरको समग्र विकास एवं ट्राफिक व्यवस्थापनमा टेवा पुग्ने भन्दै तत्कालीन योजना तथा भौतिक यातायातमन्त्री  विजयकुमार गच्छदारले ४२ किलो मिटर लामो चक्रपथको शिलन्यास गरेका थिए । ०५४ सालबाट निर्माण कार्य शुरु गरिए पनि अहिलेसम्म पाँच किलोमिटर चक्रपथको ट्रयाक खोल्न बाँकी छ ।

Birt ring roadसरोकारवाला निकायको उदासीनाताका र स्थानीयको अवरोधका कारण १८ वर्ष बितिसक्दा पनि बिराटनगर चक्रपथको निर्माण कार्यले पूर्णता पाउन नसकेको हो । उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले भने- ‘चक्रपथ निर्माण कार्य साह्रै कछुवा गतिमा सञ्चालन भयो, अब फास्ट ट्रयाकमा लगेर चाँडै सम्पन्न गर्न आवश्यक छ ।

बिराटनगरको विकासको गति सुस्ताउँदै गएको अवस्थामा चक्रपथको ढिलाइले अझै नकारात्मक प्रभाव पार्ने भएकाले सरकारले पर्याप्त बजेट निकासा गर्नुपर्ने अग्रवालले बताए ।

१८ वर्ष अघिदेखि सुरू भएको चक्रपथको ट्रयाक खोल्ने विषयमा धरै स्थानमा जग्गा मुआब्जा विवाद र बजेट अभाव मुख्य कारण देखाइने गरेको छ ।

SAMSUNG CAMERA PICTURESशहरी विकास तथा भवन निर्माण कार्यालय मोरङका डिभिजन प्रमुख किशोरलाल महाजुका अनुसार लखन्तरीदेखि झोराहाटसम्म स्थानीय मुआब्जाको विषयलाई लिएर पुनरावेदन अदालतमा मुद्दा हालेका कारण सो क्षेत्रको तीन किलो मिटरमा ट्रयाक खोल्ने काम तीन वर्षदेखि रोकिएको छ ।

त्यसैगरी रानी क्षेत्रमा ट्रयाक खोल्ने स्थानमा केही घर परेकाले उनीहरुलाई उठाउन सकिएको छैन । यसले गर्दा करिव दुई किलोमिटर ट्रयाकलाई रिडरोडसँग जोड्ने कार्य पूरा भएको छन ।

चक्रपथको ट्रयाक खोल्ने काम पूरा नभए पनि कूल लम्बाइमध्ये हालसम्म केही भाग कालोपत्रे गर्ने काम पूरा भएको छ भने २६ किलोमिटरमा ग्राभेलसमेत भइसकेको छ । चक्रपथका निर्माणका लागि मात्रै २ सय ११ बिघा जग्गा आवश्यक पर्छ । चक्रपथ निर्माणकालागि आवश्यक जग्गा सर्वसाधारणबाट निःशुल्करूपमा प्राप्त हुने बताइएको छ ।

सहरी विकास कार्यालयका अनुसार चक्रपथले कटहरी, झोराहाट, लखन्तरी, टंकीसिनवारी, हात्तीमुडा, भाथिगछसहित बिराटनगर उपमहानगरपालिकाका विभिन्न वडालाई छुनेछ । त्यस्तै ३४ मिटर चौडाइ रहने चक्रपथको सहायक सडक ८ देखि १० मिटरको हुनेछ ।

SAMSUNG CAMERA PICTURES

कस्तो हुनेछ बिराटनगरको चक्रपथ ?

बिराटनगरलाई सशक्त औद्योगिक तथा व्यापारिक केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधारसहित योजनावद्ध एव व्यवस्थित शहरी विकासको नमूनाका रुपमा चक्रपथ विकास गर्ने लक्ष्य लिइएको छ ।

पूर्वाञ्चलमा पहिलोपल्ट एकीकृत जग्गा विकासको माध्यमबाट चक्रपथको अधिकार क्षेत्रका लागि आवश्यक जग्गाको व्यवस्थापन गरी चक्रपथको दुबैतर्फ २ सय मिटर क्षेत्रमा योजनावद्ध एव व्यवस्थित शहरी विकास गरिने लक्ष्य अनुरुप चक्रपथको निर्माण गरिने कार्यालयले जनाएको छ ।

Ring road Biratnagarदाङको लमही, कोहलपुरलगायतको क्षेत्रमा एकीकृत जग्गा विकासको माध्यमवाट यसअघि नै कार्यक्रम सञ्चालन गरी सफल भएपछि बिराटनगरमा जग्गा विकास कार्यक्रमअन्तर्गत चक्रपथको  निर्माण कार्य अघि बढाइएको कार्यालयका आर्कीटेक्चरल इन्जिनियर रञ्जनकुमार दासले बताए ।

दासका अनुसार चक्रपथ निर्माणका लागि नेपाल सरकारले बजेट निकासा गर्ने छ भने जग्गा विकास कार्यक्रमअन्तर्गत स्थानीयको सहभागितामा व्यवस्थित शहर निर्माणका लागि बजेटको व्यवस्थापन गरिने छ । बाटो एवं खुल्ला क्षेत्रका लागि आवश्यक जग्गाका लागि सम्वन्धित जग्गा धनीहरुबाट केही अंश योगदानका रुपमा लिएर त्यसलाई शहरीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गरी विकसित घडेरी स्वयं जग्गाधनीलाई फिर्ता गरिनेछ ।

SAMSUNG CAMERA PICTURESजग्गा विकास योजनाअन्तर्गत पहिलो चरणमा कार्यालयले बैरवना जग्गा एकीकरण आयोजनाको प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको छ । चार वर्षअघि बैरवाना जग्गा एकीकरण आयोजनाका लागि आवश्यक बजेट तत्कालीन समयमा ७ करोड ६८ लाख रुपैयाँ माग गरिए पनि अहिलेसम्म सो फायल मन्त्रालयमा नै अडकिएर बसेको छ ।

प्रत्येक वर्ष बजेट फ्रिज हुँदै

लामो समयदेखि निर्माणकै चरणमा रहेको बिराटनगरको चक्रपथ निर्माणको लागि आउने बजेट प्रत्येक वर्ष फि्रज भएको अवस्था छ । बढ्दो यातायातको चाप एवं बिग्रँदो वातापरयीय सुधारका लागि निर्माण थालिएको चक्रपथको वजेट ६ वर्षदेखि लगाताररुपमा प्रत्येक वर्ष बजेट सदुपयोग हुन नसकी फ्रिज भएर मन्त्रालय नै फर्किने गरेको छ ।

चक्रपथ निर्माणका आर्थिक वर्ष ०६४/०६५ मा १ करोड २ लाख बजेट निकासा भएकोमा १ करोड १ लाख खर्च भएको थियो । ०६६/०६७ मा १ करोड २७ लाख आएकोमा ४५ लाख मात्र खर्च भएको थियो ।०६७/६८ मा १ करोड ८५ लाख आएकोमा ८० लाख मात्र खर्च भएको छ । ०६८/०६९ मा २ करोड १२ लाख आएकोमा १ करोड ८ लाख मात्र खर्च भएको छ । ०६९/०७० मा १ करोड १९ लाखमा ६० लाख मात्र खर्च भएको छ ।०७०/०७१ मा ७ करोड ११ लाखमा ६५ लाख मात्र खर्च भएको थियो ।०७१/०७२ मा ५ करोड ५९ लाख निकासा भएकोमा छ ।

निकास भएको सो रकम पनि कार्यालयले काम खर्च गर्न नसक्ने अवस्था रहेको आर्की टेक्चरल इन्जिनियर दासले जानकारी दिए । ०५६ सालबाट चक्रपथको निर्माणका काम अघि बढाए पनि चालु कामले गति नलिएको भन्दै चक्रपथको निर्माणको जिम्मा आर्थिक वष ०६४/०६५ बाट शहरी विकास तथा भवन निर्माण कार्यालयलाई दिइएको थियो ।

सो कार्यालयले चक्रपथको निर्माणको जिम्मा पाएपछि अहिलेसम्म कुल निकासा भएको बजेट १४ करोड ५७ लाख रहेकोमा हालसम्म ४ करोड ६१ लाख रुपैयाँ मात्र सदुपयोग गरेको छ भने अन्य मोटो रकम फ्रिज भएको अवस्था छ ।

४२ किलोमिटर लम्बाइ रहेको चक्रपथको निर्माण अबको पाच वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख माजुले जानकारी दिए  ।

उनले चक्रपथ निर्माण गर्नका लागि झण्डै ४-५ अर्ब खर्च लाग्ने अनुमान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment