+
+
Shares

चीनमा भ्रष्टाचार आरोपमा दुई पूर्व उच्च अधिकारी पार्टीबाट निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १५:३४
वाङ जियानजुन

१७ कात्तिक, काठमाडौं । चीनले अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा दुई पूर्व वरिष्ठ सरकारी अधिकारीलाई कम्युनिस्ट पार्टीबाट निष्कासन गरेको छ ।

समाचार संस्था रोयटर्सले चीनको शीर्ष भ्रष्टाचार नियन्त्रण निकायलाई उद्धृत गर्दै दुई पूर्व वरिष्ठ सरकारी अधिकारीलाई पार्टीबाट निष्कासन गरेको जनाएको हो ।

कारबाही भोग्नेहरूमा चीन सेक्युरिटीज रेगुलेटरी कमिसनका पूर्व उपाध्यक्ष वाङ जियानजुन र नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका पूर्व उप–निदेशक सु स्यानपिङ रहेका छन् । यो जानकारी सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सन (सीसीडीआई) ले दुई अलग–अलग विज्ञप्तिमा जनाएको छ।

निगरानी निकायका अनुसार वाङ र सु दुवैले घुस लिएको आशंका छ । उनीहरूको मुद्दालाई ‘गम्भीर प्रकृतिको’ र ‘नकारात्मक प्रभाव पार्ने खालको’ भनेर व्याख्या गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?