+
+
Shares

काठमाडौं महानगरद्वारा लत्रिएका तार व्यवस्थापन सुरु

रासस रासस
२०८२ कात्तिक १७ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन सुरु गरेको छ।
  • महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले पैदलयात्री र सवारी दुर्घटना रोक्न तार व्यवस्थापन आवश्यक भएको बताए।
  • पहिलो चरणमा पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रमा तार व्यवस्थापन भइरहेको छ।

१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन सुरु गरेको छ ।

महानगरका विभिन्न भागमा लत्रिएका तारले पैदलयात्री अल्झिने, सडकसम्म लत्रिँदा सवारी दुर्घटना हुने गरेकाले व्यवस्थापन सुरु गरिएको महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले राससलाई जानकारी दिए ।

पहिलो चरणमा महानगरको पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रमा तार व्यवस्थापन भइरहेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइनका लागि राखेको खम्बामा विभिन्न इन्टरनेट कम्पनी र स्पेस टिभी नेटवर्कले तार टाँगेर अस्तव्यस्त बनाएका कारण समस्या हुने गरेको छ ।

ती कम्पनीले प्राधिकरणलाई तार लगेबापत शुल्क तिर्ने गरे पनि तार व्यवस्थापन गर्ने गरेका छैनन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?