बार्सिलोना । छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको यात्रा तय गरेकी मीरा राईले शनिबार स्पेनमा हुने दौडको सम्पूर्ण तयारी पुरा गरेकी छिन् ।
राईले ७४.३३ किमिको ट्रान्स–भुल्कानिया सिरिजको लागि सम्पूर्ण तयारी पुरा गरेकी हुन् ।भुल्कानिया सिरिजमा बिश्वकै चर्चित धाविकाहरुसँग राईले कडा प्रतिस्पर्धा गर्दै छिन् ।
सिरिज स्पेनको ला पालमा भन्ने ठाउँमा शनिबार स्पेनको समय अनुसार बिहान ६ बजे देखि सुरु हुँदैछ । ८ बटा चेक पोष्ट राखिएको उक्त दौडमा गत बर्ष स्विडेनकी ईमिली फोर्सब्रगले ८ घण्टा ३२ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै च्याम्पियन बनेकी थिइन् ।
सन् २०१६ मा मिराले यो सँगै स्पेनमा मात्र ३ बटा सिरिजहरुमा भाग लिने भएकी छन् । २४ सेप्टेम्बारमा १ सय १० किमिको स्पेनमा हुने अल्ट्रा पिरिनेउ र २२ जुनमा स्पेनमा हुने १ सय ५ किमिको बुफ इपिकमा पनि राई सहभागि हुनेछिन् ।
प्रतिक्रिया 4