२६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सण्डरल्याण्डले चेल्सीमाथि महत्वपूर्ण जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा सण्डरल्याण्डले चेल्सीलाई ३-२ गोल अन्तरले हराएको छ । जितसँगै सण्डरल्याण्ड रेलिगेशन जोनबाट माथि उक्लिएको छ भने नवौं स्थानमा रहेको चेल्सीले युरोपा लिग खेल्ने सम्भावना कमजोर भएको छ ।
सण्डरल्याण्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १४ आैं मिनेटमा डिएगो कोष्टाको गोलबाट अग्रता लिएको थियो ।
४१ औं मिनेटमा सण्डरल्याण्डका वाहबी खाजरीले गोल गरे । तर, पहिलो हाफको अन्तिममा माटिकले गोल गरेपछि चेल्सी २-१ ले अगाडि रहृयो ।
दोस्रो हाफमा भने सण्डरल्याण्ड हावी भयो । ६७ औं मिनेटमा बोरिनीले गोल गरे भने ७० औं मिनेटमा डिफोइले गोल गर्दै घरेलु टोलीलाई ३-२ को अग्रता दिलाए ।
खेलको अन्तिममा चेल्सीका कप्तान जोन टेरी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि चेल्सीले १० खेलाडीमा सिमित रहेर खेल टुंग्याएको छ ।
प्रतिक्रिया 4