Comments Add Comment

बुटवलमा खुल्दैछन् स्तरीय होटल

२६ वैशाख, बुटवल । पुरानो व्यवसायिक शहर बुटवलमा स्तरीय होटलहरु खुल्ने क्रम बढेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट नजिकै रहेको बुटवलमा आधा दर्जन बढी पर्यटकीय होटल खुलिसकेका छन् ।

लुम्बिनी घुम्न आउने स्वदेशी विदेशी पर्यटकलाई आकषिर्त गर्नेगरी धमाधम होटलहरु खुलिरहेको व्यवसायि बताउँछन् । बुटवल पर्यटकीय भन्दा बढी व्यवसायिक शहर हो । तर, पछिल्लो समय स्तरीय होटलहरु खोलेर पर्यटक तान्ने ध्याउन्नमा यहाँका व्यवसायीहरु लागेका छन् ।

हामीले बुटवलमा सञ्चालित स्तरीय होटलका बारेमा जानकारी गराउँदै छौं । अहिलेसम्म बुटवल क्षेत्रमा खुलेका स्तरीय होटल यस प्रकार रहेका छन् ।

Hotel Denovo

१) क्लब डेनोभो, कालिकानगर
बुटवलमा रहेका होटलमध्ये क्लब डेनोभो सबैभन्दा राम्रो होटलमा गनिन्छ । यो होटल कालिकानगरमा रहेको छ । होटलको पाँचतले भवनमा ३८ वटा रुमहरु रहेका छन् । जहाँ स्टान्डर्ड एसीरुम ३२, डिलक्स २, सुपर डिलक्स २ र स्वीट रुम १ रहेका छन् ।

होटलमा स्वीमिङ पुल, जीम हाउस, साउना वाथ, स्टिम वाथ, क्यारोके लगायतका सुविधाहरु छन् । ठूलो क्षेत्रफलमा फैलिएको यो होटलमा खुल्ला भाग बढी छ । पार्किङ सुविधाका हिसावले पनि यो होटल अगाडि छ ।

होटलका रुमहरु फराकिला रहेका छन् । रुममा टी मेकर राखिएको हुन्छ । जहाँ ग्राहकले आफै चिया वा कफी बनाएर पिउन सक्नेछन् ।

Hotel Darcy's Butwal

२) डार्सिज इन्टरनेशनल, नयाँ बसपार्क

बुटवलको नयाँ बसपार्कमा रहेको यो होटल लक्जरी हो । यो होटलमा ४५ रुमहरु रहेका छन् । नर्मलदेखि स्वीट रुमसम्म रहेको यो होटल ६ तले भवनमा रहेको छ । होटलमा ४२ वटा एसी र ३ वटा ननएसी रुमहरु रहेका छन् ।

एसी रुमहरु चार प्रकारका छन् । नर्मल एसी रुमको मूल्य २५ सय छ । डिलक्स एसी रुम ११ वटा छन्, जसको मूल्य ३१ सय छ । सुपर डिलक्स रुमहरु १३ वटा छन् । सुपर डिलक्स रुममा बस्नका लागि ३५ सयदेखि ४ हजारसम्म तिर्नुपर्छ ।

होटलमा तीनवटा स्वीट रुम छन् । स्वीट रुममा बस्नका लागि ५५ सय रुपैयाँदेखि ६ हजारसम्म तिर्नुपर्छ । सामान्यदेखि स्तरीय ग्राहकसम्मलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएको सञ्चालकले बताए ।

होटलमा अण्डरग्राउन्ड पार्किङको सुविधा छ । जहाँ २० वटासम्म गाडीहरु पार्किङ गर्न सकिन्छ । होटलमा २४ घण्टा ब्याकअपको व्यवस्था छ ।

Hotel Asian Butwal

३) होटल एशियन, कालिकानगर

यो होटलमा १९ वटा एसी रुमहरु छन् । जसमध्ये स्टान्डर्ड डबल बेडरुम १० वटा छन् । जसको मूल्य २२ सय र १३ प्रतिशत भ्याट पर्छ । ६ वटा डिलक्स रुम छन् । डिलक्स रुमको मूल्य १३ प्रतिशत भ्याट २५ सय पर्छ ।

होटलमा सुपर डिलक्स रुमहरु दुईवटा छन् । सुपर डिलक्स रुममा बस्नका लागि भ्याटसहित ३५ सय बुझाउनुपर्छ । एउटा स्टान्डर्ड सिंगल रुम छ । जसको मूल्य १५ सय र १३ प्रतिशत भ्याट पर्छ ।

होटलमा चार तले भवन रहेको छ ।  जहाँ ३ सय जना अटाउने पार्टी हल र ४० जना अटाउने सभा हल छ ।

४) शिखर इन्टरनेशनल

यो होटल बुटवलको भानुपार्क अगाडि छ । होटलमा १४ वटा रुमहरु छन् । जसमध्ये ८ वटा एसीरुम हुन भने बाँकी ननएसी रुमहरु हुन् । डिलक्स एसी रुमहरु ३ वटा छन् । जहाँ फि्रज, टि मेकर राखिएको छ ।

होटलमा १५ सय, २५ सय, ३ हजार र ३५ सय रुपैयाँका रुमहरु रहेका छन् । होटलमा १५० जना अटाउने सभाहल रहेको छ । होटलमा नेपाली, भारतीय र विदेशी समेत आउने गरेको होटल व्यवस्थापनले जनाएको छ ।

hotel Bindabasini and Shikhar International

५) होटल विन्ध्यवासिनी

यो होटल बुटवलको भानुपार्कमा अवस्थित छ । पाँचतले भवनमा १४ रुमहरु रहेका छन् । यो होटल हालैमात्र सञ्चालनमा आएको हो । एसी जडान गरेका वातानुकुलित रुमहरु १५ सयमाथि उपलब्ध गराउँदै आएको होटल व्यवस्थापनले जनाएको छ ।

Hotel-Sindoor-btl

६) होटल सिन्दुर, नेपालगञ्ज रोड
यो बुटवलको पुरानो होटलमा पर्छ । बुटवलको नेपालगञ्जरोडमा रहेको यो होटलमा २६ वटा रुमहरु छन् । होटलका सबै रुमहरु एसीयुक्त रहेको व्यवस्थापनले जानकारी गरायो । दुई तले बिल्डिङमा रहेको यहो होटलमा १५ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्मका रुमहरु रहेका छन् । होटलमा पर्किङको पनि राम्रो सुविधा रहेको छ ।

७) होटल न्यू इरा

यो होटल बुटवल बसपार्क पछाडि इँटा भट्टी भन्ने ठाउँमा छ । यो होटलमा ४४ वटा रुमहरु रहेका छन् । अहिले २२ वटा रुममा एसी जडान भइसकेको छ । छिट्टै सबै रुममा एसी जडान गर्ने सञ्चालक माधव नेपालले बताए । होटलमा अहिले एसीजडित रुमहरुको मूल्य सुविधा हेरिकन २२ सयदेखि ३५ सयसम्म रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment