Comments Add Comment

प्रचण्ड र बादलको एकता घोषणा जेठ पहिलो साता

दुईपक्षीय छलफल आज पनि जारी

Prachanda-Badal-1२७ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीको बादल समूहबीच जेठको पहिलो साता पार्टी एकता हुने भएको छ ।

दुबै पक्ष एकताको अन्तिम तयारीमा जुटेका छन् । आइतबार राति अबेर प्रचण्ड र बादलसहितको टीमबीच वार्ता भएको छ ।

दुबै पक्षवीच सांगठनिक र राजनीतिक विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको एक उच्च नेताले जानकारी दिएका छन् ।

बादलसँग भएको छलफलका आधारमा एकताबारे निर्णय गर्न एमाओवादीको बैठक सोमबार पुनः बस्नेछ ।

बैद्य माओवादीका महासचिव बादलले भने मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष मोहन बैद्यले पार्टी एकतालाई टार्ने प्रयासमा बैठक नै नबोलाएपछि बादल बहुमतका आधारमा निर्णय गर्ने अघि बढेका छन् ।

पार्टीका बहुमत सदस्य एकताको पक्षमा देखिएपछि बैद्यले एक महिनाका लागि केन्द्रीय समितिको बैठक स्थगित गरेका थिए । तर, महिना दिनको भाका कट्दा पनि बैद्यले बैठक बोलाएनन् । अब बादल बहुमतका आधारमा निर्णय गरेर प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने तयारीमा जुटेका छन् ।

‘भोलि केन्द्रीय समिति बैठक बोलाइएको छ । पार्टी एकताबारे निर्णय हुन्छ’ एकता पक्षधर नेता रामदीप आचार्यले अनलाइनखबरसँग भने ।

सचिव देव गुरुङले अन्तिम समयमा बादललाई साथ दिएका छन् ।

अध्यक्ष मोहन बैद्यसहित उपाध्यक्ष सीपी गजुरेल, नेताहरु हरिभक्त कँडेललगायत भने प्रचण्ड माओवादीसँग एकता नगर्ने पक्षमा उभिएका छन् ।

स्रोतहरुका अनुसार बादलले बहुमतबाट र एमाओवादीले पार्टीबाट निर्णय गरेपछि एकता घोषणाका लागि मात्र बाँकी रहेनछ । एमाओवादीका एक उच्च नेताले भने, दुबै केन्द्रीय समितिलाई मिलाएर जेठ पहिलो साता पार्टी एकताको घोषणा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment