+
+
Shares

बार्सिलोनाबाट ‘मुहार’ लिएर आए गायक तुलसी

 आरपी सहयात्री आरपी सहयात्री
२०७३ वैशाख २७ गते १४:१२

Tulsi-Siwakoti

चार बर्षदेखि स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका नेपाली गायक तुलसी सिवाकोटी आफ्नो पहिलो गीति एल्वम ‘मुहार’ लिएर बजारमा देखिएका छन् ।

बार्सिलोनामा रहेर युरोप तथा मध्यपूर्वका थुप्रै मुलुकहरुमा सांगीतिक प्रस्तुति दिइसकेका उनले एल्वम भने पहिलो पटक बजारमा ल्याएका हुन् । गत अपि्रल १ मा सांगीतिक कार्यक्रमको शिलसिलामा बहराइन पुगेका बेला गायक हिमाल सागर र समाजसेवी प्रकाश पाठकले उनको एल्वमको संयुक्त रुपमा सार्जवनिक गरेका थिए ।

स्कुल पढदै गर्दा विभिन्न नाटक र सांगीतिक कार्यक्रमहरु चलाउने उत्साहले उनलाई यहाँसम्म ल्याएको हो ।

रोजगारीका लागि २००६ मा इजराएल पुगेर आफ्नो सांगीतिक करिअरलाई परिष्कृत गरेका उनले ६ वर्ष उतै बिताए । इजरायलमा हुने विभिन्न सांगीतिक कार्यक्रममा गएर गीत गाउने र आपफ्नो प्रस्तुतिहरु दिने सिवाकोटीको सन् २०१२ देखि स्पेन बस्न थालेका हुन् ।

उनको ‘मुहार’ एल्वममा ५ वटा गीतहरु छन् । ‘कस्तो भयो होला नेपाल मेरो गाउँ…….’, ‘तिम्रो मेरो प्रेम कहानी ….’, ‘आमा मेरी आमा …’ बोलका गीतहरुलाई नेपाली संगीत पारखीहरुले मन पराएको गायक सिवाकोटीले बताए । एल्बममा संगीत निरज श्रेष्ठ, रियाज शिवाकोटी र विनोद बरैलीले दिएका छन् र रोजी लाबुंग राई कल्पना खरेल, सुमन बैरागीको शब्द रहेको छ ।

उनले स्पेनका बिभिन्न शहरहरुका अलावा साइप्रस ,बेल्जियम, नेदरल्याण्ड्स, जर्मन, बहराइन लगायतका मुलुकमा भएका कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका छन् ।

गायक सिवाकोटी २०१६ मा अन्तर्राष्ट्रिय कलाकार मञ्चले आयोजना गएको कार्यक्रममा कलाकार वर्ष २०१५ ले सम्मानित भएका थिए । उनको गीतको म्युजिक भिडियो छायांकनको क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?