Comments Add Comment

गोर्खाको मुद्धामा बेलायतसँग वार्ता गर्न सरकारलाई संसदको निर्देशन

kamal thapa

२८ वैशाख, काठमाडौं । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गोर्खा भूतपूर्व सैनिकहरुले उठाउँदै आएका माग सम्बोधनका लागि बेलायत सरकारसँग वार्ता गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले मंगलबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र परराष्ट्र सचिव शंकरदास वैरागीलाई बोलाएर छलफल गरी गोर्खा भूतपूर्व सैनिकहरुले उठाउँदै आएका माग राष्ट्रिय एजेण्डा भएको भन्दै बेलायत सरकारसँग वार्ता गरेर माग सम्बोधनका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

गोर्खा भूतपूर्व सैनिकहरुले बेलायती सैनिक सरह पेन्सन, कटौतीमा परेका गोर्खा सैनिकहरुलाई उचित पेन्सन, गोर्खाका वयस्क आश्रतिहरुलाई विना सर्त आवासीय भिसा र नेपालमा बस्दै आएका भूतपूर्व गोर्खा सैनिकलाई सतप्रतिशत निःशुल्क स्वस्थ्य सुविधा उपलब्ध गराइनुपर्ने माग गर्दै आएका छन् ।

बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले गोर्खा भूतपूर्व सैनिकहरुले उठाएका मागलाई सरकारले राष्ट्रिय एजेण्डाका रुपमा लिइ माग सम्बोधनका लागि निरन्तररुपमा कुटनीतिक पहल गरिरहेको जानकारी दिए । उनले गोर्खा भूतपूर्व सैनिकहरुले उठाएका मागलाई मुलुककै समस्याको रुपमा लिएर माग सम्बोधन नभएसम्म सरकारले बेलायत सरकारसँग विभिन्न तहमा छलफल जारी राख्ने आश्वासन दिए ।

बैठकमा समितिका केही सदस्यहरुले गोर्खा भूतपूर्व सैनिकहरुले उठाएका माग सम्बोधनका लागि बेलायत सरकारसँग कुरा गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको नेतृत्वमा वार्ता समिति गठन गरिनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment