Comments Add Comment

भारतले ढुवानी आदेशभन्दा कम ग्यास दियो

कोटाभन्दा १० हजार टन कम आयात

gas-bullet२९ वैशाख, काठमाडौं । अप्रिलमा कोटाभन्दा झन्डै १० हजार टन ग्यास कम आयत भएको छ ।

सरकारले कोटा बृद्धि गरी ३७ हजार टन आयात गर्न ग्यास उद्योगीलाई खरिद ढुवानी आदेश जारी गरे पनि २७ हजार १६२ टनमात्र आयत भएको अाजको कारोबार दैनिकमा समाचार छ ।

भारतीय आयल कर्पोरेसनले मासिक ३७ हजार टन ग्यास दिन सकिने बताएपछि नेपाल आयल निगमले ग्यास उद्योगीलाई सोहीअनुसार पीडीओ जारी गरेको हो । ग्यास अभाव उस्तै भए पनि अप्रिलमा मार्चमा भन्दा कम आयात भएको छ ।

मार्चमा ३० हजार टन ग्यास आयत भएको थियो । आईओसीले पीडीओबमोजिम ग्यास दिदैँन र सरकारले त्यसका कुनै वास्ता नगर्ने नेपाल ग्ायस उद्योग संघका अध्यक्ष शिव घिमिरेले जनाए ।

आइओसीको रिफाइनरीमा सय बुलेट पुगे पनि ३०-४० वटा मात्रै लोडिङ हुने गरेको व्यवसायी बताउँछन् ।  नाका खुलेको तीन महिना बितिसक्दा पनि ग्यास अभाव कयमै छ ।

मागबमोजिम आयत नहुँदा  पहुँचअनुसार ग्यास वितरण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment