२९ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले पानामा पेपर्समा आफ्नो नाम मुछिएएकोबारे स्पटिकरण दिएका छन् ।
उनले विदेशमा आफ्नो लगानी रहेको स्वीकार गरेका छन् । तर, यो कानूनसम्मत भएको उनले दाबी गरेका छन् ।
पानामा पेपर्समा सात नेपालीको नाम परेको छ । जसमा उपेन्द्र महतो पनि परेका छन् । यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै महतोले भनेका छन्, नेपाल बाहेक युरोप, एसिया र अपि|mकाका विभिन्न देशमा मेरा व्यवसायिक प्रतिष्ठानहरु छन्, लगानी छ ।’
आफू ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा रहेको भन्दै उनले अघि भनेका छन्, ‘मैले विदेशमा जेजति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वतः स्पष्ट नै छ । विदेशमा बस्ने नेपालीले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ ।’
धेरै देशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार नै विदेशमा कम्पनी खोलेको उनले बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै महतोले विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी गरेको बताए ।
आफूले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको कउनले बताए । उनले अघि भने, ‘अझै ल्याउने दृढ समर्पणका साथ काम गरिरहेको छु ।’
प्रतिक्रिया 4