Comments Add Comment

प्रभु र नेशनल माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता

contract-prabhu-national
३० वैशाख, काठमाडौं । प्रभु मनि ट्रान्स्फर र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाबीच रेमिट्यान्स सम्झौता भएको छ ।

धादिङबेशिमा भएको कार्यक्रममा प्रभु मनि ट्रान्स्फरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले सम्झौतामा हस्ताक्षर गरे ।

राटि्रय स्तरको कारोबार स्वीकृति पाएको संस्थाको धादिङ, भक्तपुर, पर्सा, रौतहट, बारा, चितवन, सर्लाही, महेत्तरी, धनुषा, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, सिराहा, सप्तरी, इलाम, उदयपुर, कञ्चनपुर, कैलाली, बाँके र पाल्पा गरी विभिन्न जिल्लामा गरी २४ वटा शाखा सञ्चालनमा छन् ।

आगामि जेष्ठ महिनामा संस्थाको सबै शाखाहरुबाट एकै साथ प्रभु मनिको सेवा संचालन गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment