Comments Add Comment

अर्थमन्त्रीले भने- लोकप्रिय बजेट ल्याएर निजी क्षेत्रलाई उपेक्षा गर्दैनौं

Bishnu-Poudel
३० वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएरमात्रै अघि बढ्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटमाथि निजी क्षेत्रको सुझाब बुझ्दै मन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘मैले र्‍याइँ-रुइँ हल्ला सुने, यो सरकारले पपुलिस्ट बजेट ल्याउँदै निजी क्षेत्रलाई उपेक्षा गर्दैछ,’ मन्त्री पौडेलले भने- ‘म निजी क्षेत्रका प्रतिनिधि साथीहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि सरकारले तपाईहरुलाई उपेक्षा गरेर बजेट ल्याउने छैन ।’

यो सरकार निजी क्षेत्र र लगानीमैत्री भएको उनले दाबी गरे । ‘उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारणमा बजेटको मुल उद्देश्य हो,’ उनले भने- ‘सरकार एक्लैले मात्रै यी लक्ष्यहरु प्राप्त गर्न सक्दैन ।’
मुलुक अफ्ठ्यारो परिस्थितिमा रहेको र अर्थतन्त्र त झन कठिन अवस्थामा रहेको भन्दै मन्त्री पौडेलले यस्तो अवस्थामा सरकारको ध्यान लगानी आकर्षणमा केन्दि्रत रहने बताए ।

उनले निजी निजी क्षेत्रका सुझावहरुमाथि गहन अध्ययन गरी संभव र आवश्यक मागहरु पुरा गर्न सरकार तयार भएको जानकारी दिए ।

उनले आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेको परिस्थितिमा आफुले धेरै कुरा बोल्न नमिल्ने बताए ।

सरकारले झन्डै साढे १० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिहरको छ । तर, राष्ट्रिय योजना आयोगले सरकारलाई ९ खर्ब ९ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment