Comments Add Comment

प्रगति हासिल गर्नका राजश्वमा  नयाँ रणनीति

Money Nepal३१ वैशाख, चितवन । चितवनमा राजस्व असुलीमा लक्ष्य अनुसारको प्रगति हासिल गर्नका लागि नयाँ रणनीति ल्याइएको छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०७२/०७३ को राजस्व असुलीमा लक्ष्य अनुसारको प्रगति हासिल गर्नका लागि नयाँ रणनीति ल्याएको हो ।

कार्यालयले लिएको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा ११ अर्ब ७७ करोड रुपैयाँ असुली गर्नुपर्नेछ । कार्यालयका प्रमुख कर अधिकृत टिकाराम भुषालले लक्ष्य पुरा गर्नको लागि असुलीमा जोड दिँदै विभिन्न रणनीतिहरु तयार पारिएको बताए ।

करदाताहरु भएको ठाउँमा स्थलगत अनुगमन गरि कर असुली गर्नु कार्यालयको पहिलो रणनीति भएको भुषालले बताए ।

करदाताहरुलाई असार मसान्तसम्म बुझाउनुपर्ने अन्तिम किस्ता बुझाउनको लागि आग्रह गर्ने र नतिर्ने करदातालाई कानुन अनुसार कारबाही गर्ने रणनीति कार्यालयको रहेको भुषालले बताएका छन् ।

कार्यालयले यस आर्थिक वर्षको लक्ष्य भेटाउनको लागि आगामी तीन महिनामा तीन अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment