Comments Add Comment

संघीय गठबन्धनको आन्दोलनमा एमाओवादी पनि !

Federal-Alliance
एमाओवादी नेता गोपाल किराती दायाँबाट दोस्रो

३१ वैशाख, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत संघीय गठबन्धनको पत्रकार सम्मेलनमा सत्ता साझेदार दल एमाओवादीका नेता पनि देखिए । आफ्नै दल सहभागी सरकारविरुद्धको आन्दोलनलाई सघाउन उपस्थित भएका एमाओवादी नेता हुन् गोपाल किराती ।

गठन्धनका नेताहरुसँगै अग्रपंक्तिमा एमाओवादी स्थायी समिति सदस्य किरातीलाई आसन ग्रहण गराइएको देखेर पत्रकारहरु पनि छक्क परे ।

पत्रकारहरुको उत्सुकता मेटाउने कोशिस गर्दै उनले नयाँ संविधानले किराती समुदायका माग सम्बोधन नगरेकाले आफू पनि गठबन्धनसँगै आन्दोलनमा होमिएको बताए ।

किराती नेतृत्वको किरात राज्य संघर्ष समितिको यसअघिको बैठकले गठबन्धनको आन्दोलनमा सक्रिय सहभागी हुने निर्णय गरेको थियो ।

कार्यक्रममा किरातीले आफू पार्टीको तर्फबाट नभइ किरात समुदायको तर्फबाट गठबन्धनलाई साथ दिएको प्रष्टिकरण दिए ।

नयाँ संविधानले किरात समुदायलाई सम्बोधन गरेन,’ किरातीले भने, ‘किरात राज्य संघर्ष समितिमार्फत नयाँ राष्ट्रिय एकिरणको आन्दोलनका लागि आएको हुँ । पार्टीको तर्फबाट होइन ।’

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंहदरवार घेराउमा दमन गरे गृहयुद्ध हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment