+
+
Shares

अन्ततः गरिमा पन्त आँफै बोलिन्-‘हामी वैबाहिक जीवनमा बाँधियौ’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ६:००

garima-9-
बार्सिलोना । नायिका गरिमा पन्तले आँफू वैबाहिक जीवनमा बाँधिएको जानकारी गराएकी छन्। बेल्जियमका नेपाली ब्यवसायी हरी थपलियासँग सुटुक्क बिहे गरेको समाचार केहि समय अगाडी नै आएका भए पनि पन्तले अहिले भने आँफैले मुख खोलेकी हुन्।

बिहिबार फेसबुक स्टाटसमा लेखेकी छन्,” मेरो जीवनको अर्थपूर्ण पाटाहरु यहाँहरुसँग बाड्न पाउनु मैले आफ्नो सौभाग्य ठानेको छु। यसैक्रमा मेरो जीवन को ठुलो र अतिनै महत्त्वपूर्ण पल यहाँहरुलाई जानकारी गराउँदै हामी वैवाहिक जीवनमा बाधिएको अवगत गराउँदछौ।”

garima-4
गत जनवरीमा नायिका गरिमा पन्तले बेल्जियममा नयाँ व्यापार पनि सुरु गरेको फेसबुकबाट जानकारी दिएकी थिईन्। गरी सुसी नामको रेष्टुरेन्टको फोटो अपलोड गर्दै पन्तले “आफूलाई ब्यवसायीको रुपमा श्रीवृद्धि गर्दै” भनेर लेखेकी थिईन्।

दुई वर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप आउँदा  गरिमा र हरिको भेट भएको बताईन्छ। एक अर्काबीच प्रेममा परेका यी दुई जोडीले अन्तत विबाह गरेको सार्बजनिक रुपमा नै घोषणा गरेका छन् ।

garima-3
नायिका पन्तले बैबाहिक जीवनको अबसरमा, आफ्ना बाबुआमाको नाममा दुई विद्यालयका लागि ७ लाख रुपैयाँको अक्षयकोष समेत घोषणा गरेकी छन् ।

आफैले प्राथमिक शिक्षा आर्जन गरेको सरस्वतीको मंन्दिर श्री मित्रता उच्च मा.बि र आफ्नै गा.बि.स.स्थित श्री मर्रस्यङदी सामुदायिक विद्या मन्दिर निम्न माध्यमिक बिद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहायताको लागि अक्षयकोष घोषणा गरेकी हुन्। दुबै विद्यालयलाई बराबर हुने गरी अक्षयकोषको रकम हस्तान्तरण हुने पनि नायिका पन्तले फेसबुकबाट नै जानकारी गराएकी छन्।

गरिमाका श्रीमान् थपलिया नेपाली ब्यवसायी संघ बेल्जियमका निबर्तमान अध्यक्ष समेत हुन् भने उनको यो दोस्रो विबाह हो।

garima-1
garima-2
garima-7
garima-8-
garima-6
garima-10-
तस्बिर :- गरिमा पन्तको फेसबुकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?