Comments Add Comment

एमाओवादीले प्रचण्डलाई दियो एकताको जिम्मा

UCN-Maoist

१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीले विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ । एमाओवादीले दुई साताभित्र एकता प्रक्रिया टुंगो लगाउने निर्णय गर्दै त्यसको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

एकताबारे निर्णय गर्न एमाओवादी केन्द्रीय समितिको पूर्ण बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । बैठकले सबै माओवादी पार्टीहरुसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

‘माओवादी झण्डामुनि आबद्ध भएर पछिल्लो चरणमा अलग-अलग भएका सबै शक्तिहरुलाई एक ठाउँमा आबद्ध गर्ने अभियानअन्तर्गत यो निर्णय भएको हो,’ प्रवक्ता शर्माले भने, ‘पार्टी एकताका साथसाथै क्रान्तिकारी ध्रुविकरणलाई जोड दिने कुरालाई एक मतले पास गर्‍यो । हामीसँग आउन चाहने साथीहरुलाई आजको बैठकले ढोका खोलेको छ ।’

एमाओवादीबाट अलग्गिएर गठन भएका दलका नेताका नेताहरुलाई सामूहिक वा विभाजित जुनरुपमा आए पनि पार्टीमा एकताबद्ध गराउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए । राजनीतिक र सांगठनिक विषय टुंग्याएर दुई साताभित्र एकता गरिसक्ने शर्माले बताए ।

दश वर्ष सशस्त्र युद्ध गरेका माओवादीहरु अहिले विभिन्न ५ टुक्रामा बिभाजित छन् । एमाओवादीबाट अलग्गिएर मोहन वैद्यले नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्दले नेकपा माओवादी, मात्रिका यादवले नेकपा (माओवादी) र मणि थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका छन् ।

सबै माओवादीहरुको एकीकरण गर्न एमाओवादीका जनार्दन शर्मा ‘प्रभाकर’, वैद्य माओवादीका कुलप्रकाश केसी सोनाम लगायतका नेताहरु सक्रिय थिए । उनीहरुले माओवादी पुनर्गठन अभियान सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुस्

क्रान्तिकारी माओवादी पुनर्गठन, वैद्य हटाइए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment