Comments Add Comment

मलाइका नाच्दा ‘भीभीआइपी’को यस्तो चर्तिकला

५ सय टिकट काट्नेको पीडा कसले वुझ्ने ?

Amarpanchi kathmandu (5)
७५ सयको टिकट काटेकाहरुले त बलिउड र कलिउडका सुन्दरीलाई नजिकबाटै हेर्न पाएका थिए । स्टेज नजिकै कुर्सीहरु राखिएको थियो । कुर्सीमा महंगो टिकट काट्नेहरुलाई ‘भीभीआइपी र भीआइपी’को स्ट्याम्प दिएर राखिएको थियो ।

कुर्सीमा बस्न पाउनु, नजिकै रहेकोे स्टलबाट खानेकुरा किन्न पनि पाउनु । गजबकै व्यवस्था थियो । तर, २५ सय, एक हजार, ५ सयको टिकट काट्नेहरुका लागि बलिउड र नेपाली कलाकारको अनुहार देख्न पाउनु मुश्किल थियो ।

तर, जब स्टेजमा बलिउड नायिका मलाइका अरोरा खान आइपुगिन्, स्टेज नजिकैको कुर्सीमा ‘भीभीआइपी’हरुलाई फोटो खिच्न हतार भयो । बसेरै फोटो खिचिदिएको भए त हुन्थ्यो नि, उनीहरु जुरुक्कै उठे ।

जब उनीहरु उठे, उनीहरु पछि बसेका पत्रकारलाई त तस्बिर खिच्न गाह्रो भयो नै, २५ सय, हजार र ५ सयको टिकट काट्नेहरुलाई बलिउड कलाकार देख्न लगभग असंभव जस्तै भएको थियो । कुर्सीमा बसेकाहरुले बसेरै फोटो वा भिडियो खिचिदिएको भए के हुन्थ्यो । पछाडि बसेकाहरुले पानीको बोत्तल हान्न थाले । जुत्ता प्रहार नै गर्ने धम्की आएपछि नेपाली सेनाले भीभीआइपीहरुलाई बस्न भन्यो ।

Amarpanchi kathmandu (1)

टिकट जतिको काटेपनि सबैले प्रस्तुती हेर्न र रमाइलो गर्न नै पुगेका हुन् । तर, कुर्सीमा बसेकाहरुले उभिने मानिसको पीडा वुझेनन् । जसले कार्यक्रम केही अव्यवस्थित र भद्रगोल देखियो । अर्की बलिउड नायिका सोनाक्षी सिन्हाले प्रस्तुती दिदा पनि माहोल त्यस्तो अव्यवस्थित देखिएको थियो । शनिबार काठमाण्डौमा आयोजना गरिएको ‘अमरपन्छी’ कार्यक्रममा यस्तो दृश्य देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment