+
+
Shares

संघीयता कार्यन्वयनमा दलहरु प्रष्ट छैनन्ः शशांक कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते १४:३३

shasank koirala

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता कार्यान्वयनको मामिलामा दलहरु नै स्पष्ट नरहेको दावी गरेका छन् ।

रेडियो नेपालको कर्मचारी संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस महामन्त्री डा. कोइरालाले संघीयताको मामिलामा दलहरु अस्पष्ट भएकै कारण संविधान बन्न ८ वर्ष लागेको भन्दै सात प्रदेशसहितको संविधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । उनले संघीयतालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा प्रमुख दलहरु स्पष्ट नरहेको दावी गरे ।

कोइरालाले राजनीतिक दलहरुमा दृढता र स्पष्टता नरहेको र त्यही कारण मुलुकको आर्थिक विकास पछाडि परेको धारणा राखे । उनले राजनीतिक दलहरुले जनभावना अनुसार काम गर्नुको साटो दलालको भूमिका निर्वाह गरिरहेको आरोप लगाए । राजनीतिक परिवर्तन भएपनि दलका नेताहरुमा अझै सामन्ती विचार हावी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?