Comments Add Comment

निगमको एयरबस उडाउन थपिए दुई कमान्डर पाइलट

Nac-Pailot

३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको एयरबस ३२० विमान उडाउन दुईजना कमाण्डर पाइलट थपिएका छन् । पाइलटको अभावमा निगमले दुईवटा एयरबस पूर्ण क्षमतामा उडाउन सकेको थिएन् ।

महेश्वरमान डंगोल र श्रवण रिजालले सिंगापुरको एटी एरोस्पेसबाट एयरबस ३२० को कमाण्ड ट्रेनिङ गरेर लाइसेन्स पाएका छन् । दुबै जनाले डेढ महिना लामो कठिन तालिम गरेर लाइसेन्स प्राप्त गरेको बरिष्ठ पाइलट विजय लामाले अनलाइनखबरलाई बताए ।

यसअघि डंगोलले सिनियर पाइलटका रुपमा बोइङ उडाउँदै आएका थिए । रिजाल एयरबसको को-पाइलट रहेका थिए । रिजालले निगमका दुबै एयरबस जर्मनीबाट नेपालमा को-पाइलटका रुपमा उडाएर ल्याएका थिए । दुबै जनाले नेपालमा लाइन ट्रेनिङ क्लियर गर्नुपर्छ ।

निगमसँग अहिले एयरबस उडाउन ७ जना कमाण्डर पाइलट छन् । जसमध्ये एकजना एसके ढेवाचुको लाइन ट्रेनिङ क्लियर भएको छैन् । भविष्यमा उनको लाइन ट्रेनिङ क्लियर हुने लामाले बताए ।

अहिले विजय लामा, आरपी ढकाल, सुवर्ण अवाले, समाज कुमार श्रेष्ठ, प्रदीपराज भण्डारी, सुवास रिजालले कमाण्डर पाइलटका रुपमा एयरबस उडाउँदै आएका छन् । अब एयरबस उडाउने कमाण्डर पाइलटको संख्या ९ पुगेको लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment