Comments Add Comment

संघीय गठवन्धनको बालुवाटार घेराउमा लाठीचार्ज

baluwatar_protest_federal6३ जेठ, काठमाडौं । संविधान पुर्नेलखनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन शुरु गरेको संघीय गठबन्धनले मंगलबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ ।

प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । अहिले सो क्षेत्रको स्थिति तनावग्रस्त भएको छ ।

भाटभटेनीदेखि झाँकीसहित सुरु भएको र्‍याली प्रधानमन्त्रीको निवास अगाडि बढे पनि सुरक्षाकर्मीहरुले राष्ट्रबैंक चोक नपुग्दै रोकेका थिए। सरकारविरुद्ध नाराबाजी गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच केहिबेर धकेला धकेल भएको थियो ।

baluwatar_protest_federal_2प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको छ । बालुवाटार क्षेत्रलाई प्रहरीले चार स्थानबाट घेरा हालेको छ ।

दक्षिणमा राष्ट्र बैंक, उत्तरमा पवित्र वर्कसप र पश्चिममा सभामुख निवासभन्दा एक सय मिटर अगाडिसम्म सुरक्षाकर्मी बसेर प्रदर्शन गर्न निषेध गरिएको छ । पूर्वी गेट तर्फ पनि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो ।

baluwatar_protest_federal5 baluwatar_protest_federal baluwatar_protest_federal 3

baluwatar_protest_federal7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment