Comments Add Comment

साअोमीको ‘एमआई ५’ स्मार्टफोन नेपाली बजारमा, अनलाइन बुक गर्दा तीन हजार छुट

Xiaomi-Mi5-final-3

४ वैशाख, काठमाडौं । बिश्वको तेस्रो ठूलो स्मार्टफोन ब्रान्ड साअोमी(Xiaomi)को ‘एमआई ५’ स्मार्टफोन नेपाल भित्रिएको छ । द्रुत गतिमा चल्ने अत्याधुनिक स्मार्टफोन ‘एमआई ५’ बुकिङ सुरु भएको छ ।

नेपालमा सारदा ग्रुपअन्तर्गगतको वत्सल इम्पेक्सले साअोमी मोबाइल बिक्री गर्दै आएको छ । कम्पनीको आधिकारिक वेभसाईट www.xiaominepal.com.np  र kaymu.com.np बाट यो स्मार्टफोन अनलाइन बुकिङ गर्न सकिने छ ।

‘एमआई ५’ स्मार्टफोनमा क्वालकमको पछिल्लो र द्रुत गतिको स्न्यापड्रागन ८२० सिपियु प्रयोग गरिएको छ । जसले स्मार्टफोन अत्याधिक छिटो गतिमा चलाउन सकिन्छ ।

यसमा फुल एचडी आइपिएस एलसीडी डिस्प्ले, ३ जीबी डीडीआरफोर र्‍याम, ३२ जीबी युएफएस २.० फ्लास रोम रहेको छ । यो स्मार्टफोनमा जिएसएम+जिएसएम वा जीएसएम+सिडिएमए सिम प्रयोग गर्न सकिन्छ ।

MI 5

स्मार्टफोनमा क्यामेरालाई विशेष फोकस गरिएको छ । यसको पछाडि १६ मेगापिक्सेल क्यामेरा रहेको छ । अगाडि ४ मेगापिक्सेल क्यामेरा राखिएको छ । जसले गर्दा उत्कृष्ट फोटो तथा भिडियो कैद गर्न सकिन्छ ।

यसमा एन्ड्रोइड भी६.०.१ मार्समल्लो अपरेटिङ सिष्टम छ । यसको अलवा फ्रन्ट फेसिङ फिङ्गर प्रिन्ट सेन्सर चिप लेभल सेकुरिटी, थ्रिडी ग्लास ब्याक, मेटल फ्रेम बडी लगायतका विशेषताहरु यो स्मार्टफोनमा छन् ।

यो स्मार्टफोनमा पनि आइफोनमा जस्तै निकाल्न नमिल्ने ३००० एमएएच नन-रिमोभल ब्याट्री रहेको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा यसको मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । सीमित समयको लागि उपलब्ध हुने अनलाइन बुकिङमार्फत विशेष छुट सहित ४५ हजार ९ सय ९९ रुपैयाँमा यो स्मार्टफोन खरिद गर्न सकिने छ ।

यो स्मार्टफोनको बुकिङ मे १७ देखि मे २० सम्म खुल्ला गरिएको छ ।xiaomi-mi5-final-4 xiaomi_mi5-final-2 Xiaomi-Mi-5-Final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment