+
+
Shares

काठमाडौंमा आन्दोलन गर्न मधेसमा जस्तो सजिलो छैनः राणा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते १८:३०

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पशुपति समशेर राणाले नवलपरासीदेखि बर्दियासम्मको प्रदेशबाट पहाडी जिल्ला अलग गरे सीमांकन विवाद समाधान हुने दाबी गरेका छन् । उनले आफ्नो पार्टी दुई मधेस प्रदेशको पक्षमा रहेको स्पष्ट पारे ।

Pashupati-Shamserमंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले वंशजबाहेकका नागरिकलाई उच्च संवैधानिक पदमा नियुक्त गर्न नसकिने भन्दै मधेसमा जति काठमाडौंमा आन्दोलन गर्न आन्दोलनकारीलाई सजिलो नहुने बताए ।

कार्यक्रममा नेकपा एमालेका सांसद लालबाबु यादवले राजनीतिक नेतृत्वले सीमांकन गर्दा समस्या आएको भन्दै सीमांकन नेताहरुले भन्दा पनि राजनीतिकशास्त्री, भुगोलविद, अर्थशास्त्री, मानवशास्त्री र समाजशास्त्रीसहितको विज्ञहरुले मात्रै गर्न सक्ने तर्क गरे ।

उनले सीमांकनमा अधिकार र पहिचान मात्रै नभई सामर्थ्यको कुरा पनि भुल्न नहुने भन्दै यस विषयमा मधेसी मोर्चा आफै स्पष्ट नभएको दावी गरे । उनले भने,’ मधेसको मात्रै प्रदेश हुँदा त्यसले सस्टेन गर्न सक्छ कि सक्दैन हेर्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?