४ जेठ, पोखरा । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पद दिन नसकिने बताएका छन् ।

संसदमा बजेट पेश भएपछि सरकार परिवर्तन हुने र एमाओवादी अध्यक्ष प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाउने हल्ला निराधार भएको उनले प्रष्ट्याए ।
पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले वर्तमान सरकार ०७४ माघ ७ गतेसम्म चल्ने र त्यतिन्जेलसम्म कसैले ढाल्न नसक्ने दाबी गरे ।
‘कसैले फेर्न खोज्दैमा केपी ओली नेतृत्वको सरकार परिवर्तन हुँदैन । ७४ माघ ७ गतेसम्म यही सरकार रहन्छ,’ महासचिव पोख्रेलले भने, ‘खल्तीको सामान दिएजस्तो प्रधानमन्त्री पद एमालेले कसैलाई दिँदैन ।’
सरकार बदल्न खोज्दा नेपाली कांग्रेस भुईंमा पछारिएको भन्दै उनले फेरि सरकारको विकल्प खोज्नु भनेको मुर्खतामात्र हुने बताए ।
उनले भने, ‘भुईमा पछारिँदा लागेको धुलो टकट्क्याएर कांग्रेसले एमालेसँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4