+
+
Shares

सिरहाको लहानमा कर्फ्यु हट्यो, गोलबजारमा यथावत्

मृतकको परिवारसँग सहमति भए पनि गोलबजारमा भने कर्फ्यु यथावत् राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते ९:५९

१६ साउन, सिरहा । सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ । गोलबजारको कर्फ्यु भने जारी राखिएको छ ।

सुनसरीमा दुई समूह बीच भएको झडपलाई नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनमा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

यादवको परिवारसँग सहमति भए पनि गोलबजारमा भने कर्फ्यु यथावत् राखिएको छ । गणेशको शव नल्याउँदासम्म गोलबजारको कर्फ्यु नहटाइने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?