+
+
Shares

राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको इतर समूह, आज जानकारी गराउने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १०:४४

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वघोषित राष्ट्रिय भेलाको तयारीबारे जानकारी गराउने भएको छ ।

संस्थापन इतर समूहले शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर २९ साउनका लागि तय भएको राष्ट्रिय भेलाको तयारीबारे जानकारी गराउने भएको हो ।

इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको आयोजक समिति, संयोजक चयन र अन्य समितिको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिन लागेको बताए ।

संयोजक विश्वकर्माका अनुसार दिउँसो १ः३० बजे पत्रकार सम्मेलनको समय तय गरिएको छ । इतर समूहले बीपी स्मृति दिवसको अवसर पारेर राष्ट्रिय भेलाको घोषणा गरेको थियो ।

विश्वकर्माले केही दिनअघि अनलाइनखबरसँग राष्ट्रिय भेलाका लागि १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरू खटाइने तयारी रहेको बताएका थिए ।

इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका गर्न नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरिसकेको छ ।

प्रचार प्रसार समिति संयोजक विश्वकर्माका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनका लागि कुन्दनराज काफ्ले, नेपाल तरुण दल परिचालनका लागि जीतजंग बस्नेत र नेपाल महिला संघ परिचालनका लागि उषा राउत मिश्रलाई जिम्मेवारी दिइएको छ ।

यस्तै नेपाल दलित संघ परिचालनको जिम्मा यमुना विश्वकर्माले, नेपाल किसान संघ परिचालनको जिम्म अध्यक्ष गणेश तिमिल्सिनाले, लोकतान्त्रिक आदिवासी जनजाति परिचालनको जिम्मा जगत बरामले पाएका छन् ।

नेता किरण पौडेललाई विदेश जनसम्पर्क समिति, मोहनबहादुर बस्नेतलाई काठमाडौं जिल्ला सम्पर्क समिति र खेलकुद समन्वयन र हरिशरण नेपालीलाई ट्रेड युनियन परिचालनका लागि जिम्मेवारी दिइएको छ ।

प्रचार प्रसार संयोजक विश्वकर्माले बुद्धिजीवी परिचालनको जिम्मा लिएका छन् । उनले आवश्यकताअनुसार समिति बनाएर अन्य भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि परिचालन गरिने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?