Comments Add Comment

सेनाको आँखा छल्दै निकुञ्जमा सशस्त्रको धराप

trap५ जेठ, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको सशस्त्र प्रहरी बलको ब्यारेक अगाडि वन्यजन्तु सिकारका लागि २१ वटा धराप थापेको पाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा  दरबारमा खटेको सशस्त्र प्रहरीले राखेको धराप सेनाले फेला पारेर निकुन्जलाई बुझाएको आजको अन्नपूर्णमा समाचार छ ।

निकुन्जका रेन्जर लब गुरागाईँले शसस्त्र प्रहरीको भान्सा नजिकै ती धराप पाइएको पुष्टि गरे । उक्त ब्यारेकको नेतृत्व सशस्त्र प्रहरीका डिएसपी गरेका छन् । सेनाको पेट्रोलिङ टोलीले ती धराप फेला पारेको हो ।

निकुञ्ज सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ भने त्यहीभित्र रहेको पूर्वराजाको निवासको सुरक्षा सशस्त्र प्रहरी बलले गरेको छ । सर्वसाधारणलाई उक्त स्थानमा जान असम्भवप्रायः छ ।

अन्य व्यक्तिहरु उक्त स्थानमा प्रवेश गर्न नसक्ने भएकाले उक्त धराप प्रहरीले नै थापेको स्रोतको दावी छ । तर सशस्त्र प्रहरीले भने धरापका विषयमा अनभिज्ञता प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment