+
+
Shares

आन्दोलनका कार्यक्रम घोषणा गर्न गठबन्धनको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ५ गते ७:४४

Federal-Alliance५ जेठ, काठमाडौं । सिंहदरबार र बालुवाटार घेराउ सकेको संघीय गठबन्धनले आन्दोलनका बाँकी कार्यक्रम सार्वजनिक गर्दैछ ।  आज बैठक गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न लागिएको गठबन्धनका नेताहरुले बताएका छन् ।

आन्दोलन काठमाडौं केन्द्रित गर्ने कि जिल्लामा फर्काउने भन्नेमा गठबन्धनभित्र बहस भइरहेको छ । काठमाडौं केन्द्रित भए भित्री बस्ती लक्षित कार्यक्रम ल्याउने, नत्र जिल्ला र क्षेत्रीय सदरमुकाम केन्द्रित कार्यक्रम तय हुने एक नेताले बताए ।

गठबन्धनले दुई साताअघि प्रधानमन्त्री ओलीलाई २६ बुँदे मागपत्र बुझाइसकेको छ । उक्त मागपत्र मधेसी मोर्चाले विगतमा राख्दै आएका ११ बुँदे मागसहित परिमार्जित छ ।

माघ ४ गतेयता ठूला तीन दल र ओन्दोलनकारीबीच कुनै वार्ता भएको छैन ।

संघीय प्रदेशको सीमांकन र संविधानप्रति असहमति राख्दै गत साउनदेखि चलेको मधेस आन्दोलन असोज पहिलो साता नाकाबन्दीमा बदलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?