Comments Add Comment

युरोपा लिगको उपाधिमा सेभिल्लाको हृयाट्रिक

Sevilla

६ जेठ, काठमाडौं । दोस्रो हाफमा लिभरपुल नाटकीय रुपमा धरासायी भएपछि सेभिल्लाले लगातार तेस्रो पटक युरोपा लिगको उपाधि जितेको छ ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै सेभिल्लाले लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गर्‍यो र युरोपा लिगको उपाधिमाहृयाट्रिक गरेको छ ।

यससँगै सेभिल्ला बार्यन म्युनिखपछि युरोपियन प्रतियोगिताको उपाधि लगातार तेस्रो पटक जित्ने पहिलो टिम बनेको छ । बार्यनले १९७४ देखि १९७६ सम्म लगातार तीन पटक युरोपियन कप जितेको थियो ।

Liverpoolखेलमा लिभरपुलले ३५ औं मिनेटमा ड्यानिअल स्टार्डिजको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा सेभिल्लाले कमब्याक गर्‍यो ।

दोस्रो हाफ सुरु भएको १७ औं सेकेन्डमा नै केभिन गामेरिओले गोल गरे । खेलको ६४ औं मिनेटमा एन्डुजार मोरेनोले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।

मोरेनोले नै ७० औं मिनेटमा गोल गरेपछि सेभिल्लाले उपाधि पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment