विशेषगरि, कमेडी र लभरब्वाइको भूमिकामा राम्रो अभिनय गर्छन् नायक सलोन बस्नेत । सलोनले बाल-कलाकार हुँदै नायकको रुपमा काम गरेकाले पनि उनको अभिनयमा निखारता छ ।
तर, पछिल्ला केही चलचित्र छान्न नजान्दा सलोन बस्नेत नराम्रोसँग असफल भए । उनले काम गरेका चलचित्र लगालग असफल हुनु उनको छनोट तरिका गलत हुनु थियो ।
तर, सलोनले अब यो कुरा बुझेका छन् । यसैले पनि उनले काम गर्छु भनेर पेस्की लिएका चलचित्र पनि छाड्दै रकम फिर्ता गरेका छन् ।
निरन्तर चलचित्र असफल हुँदा उनले जुन उचाई पाउनुपर्ने हो त्यो पाउन सकेनन् । उनकै साथमा आएका नायक अनमोल केसीको क्रेज आकाशिदा सलोन भने ओरालो लागे ।
सलोनले अभिनय गरेको चलचित्र ‘गाजलु’ जेठ २८ मा रिलिज हुँदैछ । उनले यो चलचित्रको रिलिज अघि कुनै पनि चलचित्रमा काम नगर्ने बताएका छन् । ‘होस्टेल’मा पाएको सफलता यसबाट पनि पाउने आशमा छन् सलोन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4