Comments Add Comment

हुवावेको नयाँ स्मार्टफोन ‘जिआर थ्री’ बजारमा

Huawei-GR-3-final

६ जेठ, काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले जि सिरिजमा नयाँ स्मार्टफोन जिआर थ्री बजारमा ल्याएको छ । नयाँ प्रविधियुक्त यस स्मार्टफोनको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

यो स्म्ाार्टफोन बजारमा टाइटेनियम ग्रे, सिल्भर र स्याम्पियन गोल्ड गरी तीन कलरमा उपलब्ध छ । राम्रो  कनेक्टिभिटी र डिजाइनको उत्कृष्ट मिश्रण यसमा रहेको कम्पनीको दाबी छ । यसमा ८ कोर ६४ बिट सिपियु रहेको छ । जसले फोरजी एलटिई क्याटफोर नेटवर्क समेत सपोर्ट गर्छ । साथै, स्मार्टफोनमा २ जिबी र्‍याम र १६ जिबी रोम रहेको छ ।

Huawei-GR-3-final-2

यो स्मार्टफोनमा १३ मेगापिक्सेल ब्याक क्यामेरा र ५ मेगापिक्सेल फ्रन्ट फेसिङ क्यामेरा रहेको छ । जसले गर्दा उत्कृष्ट फोटो तथा भिडियो कैद गर्न सकिने छ । सेल्फी पारखीका लागि समेत यो स्मार्टफोन उत्कृष्ट रहेको छ ।

स्मार्टफोनको क्यामेरामा अडियो क्यामरा कन्ट्रोल, अल्ट्रा फास्ट स्न्यापसट्, प्यानोरामिक सेल्फ जस्ता विेशषताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment