+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बद्री पंगेनीको सांगीतिक प्रश्न, प्रधानमन्त्रीको लाक्षणिक जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते १९:१९

badri-pangeni-1

६ जेठ, काठमाडौं ।
‘आउला त पिएमज्यू सिगात्सेको रेल,
भर्न मन छ पिएमज्यू चाइनावाला तेल ।’

लोक गायक बद्री पंगेनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्वोधन गर्दै यस्तो गीतमै यस्तो प्रश्न सोधे । एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशन उदघाटन समारोहमा सांगीतिक मनोरञ्जन दिन उनलाई मञ्चमा बोलाइएको थियो ।

पंगेनीले सो कार्यक्रममा उपस्थिति सञ्चारमन्त्री शेरधन राईलाई सम्वोधन गरेर अर्को सांगितिक प्रश्न राखेः

गायकले भोकोपेट कति गाउने हो ?
पत्रकारले १९ हजार कैले पाउने हो ?

प्रधानमन्त्री ओली कुनै पनि कार्यक्रममा आफूलाई लक्ष्यित गर्दै सोधिएका सवालको जवाफ दिन छुटाउँदैनन् । उनले बद्री पंगेनीले गीतमा सोधेको प्रश्नका जवाफ आफ्नै शैलीमा यसरी दिए, ‘अब चाइनावाला तेल होइन, दुई वर्ष प्रतिक्षा गर्नु आफ्नै देशको तेल मोटरमा भर्न पाउनुहुनेछ ।’

सरकारले पेट्रोलियम पदार्थको उत्खनन सुरु गरिसकेको भन्दै उनले २ वर्षभित्र व्यवसायीक उत्पादन गरिने दावी गरे ।

सञ्चारमन्त्री राईलाई सोधिएको प्रश्नको आधि जवाफ पनि ओलीले दिन भ्याए । पत्रकारले १९ हजार कहिले पाउने हो ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘महिना मरेपछि ।’

ओलीको कुरा पत्रकार पंगेनीले कति बुझे थाहा भएन, तर प्रज्ञा भवनको हलमा सयौंको संख्यामा उपस्थित पत्रकारहरु पेट मिचिमिचि हाँसे ।

त्यसो त बद्रीले आफ्नो प्रस्तुतिका क्रममा सरकारले लिएको राष्ट्रवादी अडानहरुको प्रशंसामा पनि गीत गाए । उनको गीतले भन्दै थियो, ‘पानीले पेट भरौंला, बरु भोकै मरौला, बसिँदैन छिमेकीको मुख ताकेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?