Comments Add Comment

बजेटबारे मसँग छलफल भएको छैनः सुरेन्द्र पाण्डे

Surendra Pandey (1)७ जेठ, काठमाडौं । एमाले नेतासमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेसम्म आफूसँग नयाँ बजेट निर्माणका सम्बन्धमा कसैले पनि सुझाव नमागेको बताएका छन् ।

बजेट तयार गर्दा अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरी सुझाव माग्ने चलन छ । तर, अहिलेसम्म अर्थमन्त्रालयले पूर्वअर्थमन्त्रीहरुको सुझाव संकलनका लागि छलफल आयोजना गरेको छैन ।

यद्यपि अर्थमन्त्री विष्णु पौडेलले केही पूर्वअर्थमन्त्रीहरुसँग भने भेटेर वा आफ्ना विश्वासपात्र पठाएर सुझाव संकलन गरेका छन् । तर, पार्टीभित्रै गुट नमिल्ने पाण्डेसँग भने अर्थमन्त्री पौडेलले सुझाव मागेका छैनन् ।

‘आगामी बजेटबारे छलफलका लागि अहिलेसम्म मलाई कसैले पनि बोलाएको छैन,’ पाण्डेले अनलाइनखबरसँग भने- ‘सरकारलाई सुझाव चाहिए न दिने हो ।’

अर्थ मन्त्रालयका कर्मचारीहरुमार्फत आगामी आर्थिक वर्ष ०७३/०७४ को बजेटको आकार ९ खर्ब ९ अर्ब रुपैयाँ भएको जानकारी दिएको उनले बताए ।

अहिले सरकारले बजेटको आकार बढाउन लागेको भन्ने कुरा आफुले पनि सुनेको पाण्डेले बताए । ‘सबै मन्त्रालय तथा निकायबाट धेरै बजेट माग हुने भएकाले बजेटको आकार बढाउन अर्थमन्त्री र अर्थ मन्त्तालयलाई तीब्र दबाब हुन्छ,’ उनले भने- ‘माग आयो भन्दैमा बजेटको आकार बढाइहाल्नुभन्दा पनि यो उचित हो कि होइन भनेर विचार पुर्‍याउनुपर्छ ।’

विस्तारकारी वित्तीय नीतिले मुल्यवृद्धि बढाउने भएकाले सरकारले समयमै त्यसतर्फ ध्यान दिनुपर्ने पाण्डेको धारणा छ । बजेटको आकार जति बढ्यो, राष्ट्र बैंकले त्यतिधेरै नोट छाप्नुपर्ने त्यसले मुल्य बढाउने उनको तर्क छ ।

‘पुँजीगत खर्च बढाएर रोजगारी सिर्जना गर्ने अवस्था भइदिएको भए त आकार बढार ठूलो फरक नपर्ला,’ उनले भने- ‘तर, अहिले हामी पुँजीगत बजेट खर्च गर्नसक्ने  अवस्थामा छौं कि छैनौ भनेर विचार पुर्‍याइनु पर्छ ।’

अर्थमन्त्रीले बजेट तयारी गर्नुअघि पूर्वअर्थमन्त्रीहरुसँग २/३ पटक छलफल गर्ने प्रचलन भएपनि अहिलेका अर्थमन्त्री पौडेलले औपचारिकरुपमा पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छैनन् ।

‘म अर्थमन्त्री हुँदा बजेट आउनुभन्दा १०/१५ दिन अघि नै पूर्वअर्थमन्त्रीहरुसँग २ पटक छलफल गरी सुझाव लिएको थिएँ,’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment