+
+
Shares

तीन माओवादीवीच टकरावः राता टोपीवाल सडकमा उत्रिए

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ७ गते १४:११

Biplab-Maoist

७ जेठ, काठमाडौं । बबरमहलस्थित रातो भाले रेष्टुरेन्ट नजिकै शुक्रबार दिउँसो रातो टोपीधारी माओवादीहरुको भीड देखापर्‍यो । बटुवाहरु सोध्दै थिए-‘यिनीहरु हिजो एकता भएका माओवादी हुन् कि ?’ तर उनीहरु खुल्लामञ्चमा आयोजना गरिएको विप्लव माओवादीको सभामा सहभागी हुन आएका कार्यकर्ताहरु थिए ।

हामी रातो टोपीधारी माओवादीहरुको छेवैमा गयौं । केही युवाहरु ‘चिनी खाने’ र ‘जाँड खाने’ जस्ता अश्लील शब्दहरु प्रयोग गरेर गफिइरहेका थिए । भर्खरका किशोरीहरु टोपी फुकालेर रेलिङमा ढल्किइरहेका थिए । लाग्थ्यो, उनीहरु कतै छिमेकी जिल्लाबाट गाडीमा ओसारिएका सोझा सीधा मानिसहरु हुन् ।

Biplab-Maoist-2

केही अगुवा कार्यकर्ताहरु चाँहि जुलुस निकाल्ने रुटका विषयमा ट्राफिक प्रहरीसँग गफिइएरहेका थिए । सिंहदरबारको बाटोबाट छिर्न नपाइने भएपछि माइतीघरबाट भद्रकाली हुँदै खुल्लामञ्चसम्म जुलुस निकाल्ने उनीहरुले प्रहरीलाई बताउँदै थिए ।

माओवादी नेता धर्मेन्द्र बास्तोला र कृष्ण अधिकारी लगायत बबरमहलमा रातोटोपी लगाएर खडा थिए । हामीले अघिल्लो दिन भएको प्रचण्ड वादल लगायतका समूहको पार्टी एकताबारे प्रश्न गर्‍यौं । छेवैमा रहेका कृष्ण अधिकारीले त्यो एकतालाई दक्षिणपन्थीहरुको गठजोड बताए ।

Biplab-Maoist-3

प्रचण्ड, बादल, मणि थापा र मात्रिका यादव समूहवीच पार्टी एकता भएकै भोलिपल्ट विप्लव समूहले खुल्लामञ्चमा शक्ति प्रदर्शन गरेको हो । तर, यो उनीहरुको पूर्वनिर्धारित कार्यक्रम हो । कार्यक्रममा मोहन वैद्यले पनि शुभकामना पठाएको अधिकारीले बताए ।

बाबुराम पनि सक्रिय

यसैवीच विप्लव माओवादीले खुल्ला मञ्चमा सभाको आयोजना गरिरहँदा नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईले बबरमहलस्थित आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

Baburam bhattrai

आगामी जेठ अन्तिम साता हुन लागेको पार्टी घोषणा कार्यक्रमबारे जानकारी दिन डा. भट्टराईले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

माओवादीका विभिन्न समूहहरुवीच पार्टी एकता भएकैबेला बाबुराम र विप्लव समूहले सक्रियता देखाएका छन् । दुईसाता पछि राजधानीमा ठूलो शक्ति प्रदर्शन गर्ने भट्टराईको योजना छ ।

तीन समूहवीच टकराव

प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र घोषणा गरी सबैलाई एकै ठाउँमा एकतावद्ध हुन आग्रह गरिए पनि अब पूर्वमाओवादी समूहहरु तीनवटा धारमा देखिने भएका छन् । एउटा बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति, अर्को मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादी र तेस्रो विप्लवले नेतृत्व गरेको माओवादी ।

यी शक्तिवीच टकराव अर्थात एकापसको शक्ति संघर्ष सडकमा देखिन थालिसकेको छ ।

प्रचण्डले शक्ति आर्जन गरेपछि आफ्नो समूहका कार्यकर्तालाई त्यतातिर जान नदिने र वीचैमा रोक्नुपर्ने चुनौती बाबुारम र विप्लव दुबै समूहमा देखिएको छ ।

‘हाम्रा केही मानिसहरु उता (प्रचण्ड) तिर जाने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन,’ नयाँ शक्तिका अभियन्ता देवेन्द्र पौडेल भन्छन्- ‘ तर, पार्टी एकताबाट असन्तुष्ट बनेकाहरु हामीतिर आउने सम्भावना पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?