+
+
Shares

पूर्वराजा ज्ञानेन्द्रले भने-‘ जनताको मनोभावना बुझेको छु, केही समय पर्खनुहोस् ‘

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ८ गते ६:०४

gyanendra1८ जेठ, काडमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बीपी राजमार्ग हुादै पूर्व लागेका छन् । सिन्धुलीमाढी पुगेका शाहलाई सरकारको मुख्य घटक दल राप्रपा नेपालका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

शाहलाई कमलामाई नगरपालिकामा स्वागत गरिएको आजको अन्नपूर्णले जनाएको छ ।  स्वागतका क्रममा राप्रपा नेपालका नेता तथा कार्यकर्चाले पूर्वराजालाई देशबचाउन आग्रह गरेका थिए ।

ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने-सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।

आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले सबैको कुरा बुझेको बताउँदै भने-समय आउँछ । समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।

कडा सुरक्षाविच सिन्धुलीमाढी आफैले ड्राइभिङ गर्दै पुगेका पूर्वराजा ज्ञानेन्द्रले गाडीबाटै स्वागत ग्रहण गरेका थिए । झण्डै २० मिनेटको अनौपचारीक तर संक्षिप्त स्वागत ग्रहण गरेका थिए । स्वागतका क्रममा शाह गाडीबाट भने ओर्लीएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?