+
+

माओवादी सभामा जबर्जस्ती बालबालिका

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ८ गते ६:१५

Biplap mao protest At Kathmandu (5)८ जेठ, काठमाडौं ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्नो आन्दोलनमा कानुनको धज्जी उडाउँदै शान्ति क्षेत्र मानिएका बालबालिका र विद्यालयको ब्यापक दुरुपयोग गरेको छ ।

माओवादीले शुक्रबार राजधानीमा निकालेको जुलुसमा बालबालिकालाई  जबर्जस्ती कितावकापीको झोलासँगै विद्यालयमा पोशाकमै सहभागी गराई दिनभर नारावाजी र प्रर्दशनमा सहभागी गराइएको आजको अन्नपूर्णले जनाएको छ ।

खुलामंचको सभामा सहभागी हुन कुपण्डोल, कालीमाटी, बबरमहल र लैनचौरबाट निकालिएको जुलुसमा ठूलो संख्यामा बालबालिका थिए । चर्को घाममा सात आठ वर्ष उमेर बालबालिकालाई जुलसमा हिडाँएर नाच्न, गीत गाउन झन्डा पहराउन र चिच्याएर नारा लगाउन भनिएको थियो । जुलुस टुँडिखेल परिक्रमा गर्ने क्रममा दुईजना विद्यार्थी चर्को घाम र भीडमा अत्तालिएपछि कार्यकर्ताले बोकेका थिए ।

अधिकांश सरकारी विद्यालयबाट माओवादी निकट शिक्षकको दबाबमा बालबालिकालाइ पोसाकसहित प्रदर्शनमा उत्रिन बाध्य पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?