+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

माओवादी सभामा जबर्जस्ती बालबालिका

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ८ गते ६:१५

Biplap mao protest At Kathmandu (5)८ जेठ, काठमाडौं ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्नो आन्दोलनमा कानुनको धज्जी उडाउँदै शान्ति क्षेत्र मानिएका बालबालिका र विद्यालयको ब्यापक दुरुपयोग गरेको छ ।

माओवादीले शुक्रबार राजधानीमा निकालेको जुलुसमा बालबालिकालाई  जबर्जस्ती कितावकापीको झोलासँगै विद्यालयमा पोशाकमै सहभागी गराई दिनभर नारावाजी र प्रर्दशनमा सहभागी गराइएको आजको अन्नपूर्णले जनाएको छ ।

खुलामंचको सभामा सहभागी हुन कुपण्डोल, कालीमाटी, बबरमहल र लैनचौरबाट निकालिएको जुलुसमा ठूलो संख्यामा बालबालिका थिए । चर्को घाममा सात आठ वर्ष उमेर बालबालिकालाई जुलसमा हिडाँएर नाच्न, गीत गाउन झन्डा पहराउन र चिच्याएर नारा लगाउन भनिएको थियो । जुलुस टुँडिखेल परिक्रमा गर्ने क्रममा दुईजना विद्यार्थी चर्को घाम र भीडमा अत्तालिएपछि कार्यकर्ताले बोकेका थिए ।

अधिकांश सरकारी विद्यालयबाट माओवादी निकट शिक्षकको दबाबमा बालबालिकालाइ पोसाकसहित प्रदर्शनमा उत्रिन बाध्य पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?