+
+
Shares

कलेज पढाउँदै बंगुरपालन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ८ गते ६:२५

Teacher८ जेठ, काठमाडौं । खोटाङ नेर्पा ६ का युवाले सामूहिकरुपमा बंगुरपालन गरेका छन् ।

वंगुर पालनबाट गाउँमै आम्दानी लिन र रोजगारी सिर्जना गर्न निरौली कृषि सहकारी संस्था गठन गरेर युवाले हेमसायर, पाख्रीबास, ड्युरोक, पुँडीलगायत जातका सुँगुर पालेका आजको नागरिक दैनिकमा समाचार छ ।

गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्न ३६ जना स्थानीयको १९ लाख शेयर लगानीमा बंगुर पाल्न थालिएको हो । अहिले बुंगुरको मासु र पाठा उत्पादन दुवैलाई प्राथमिकतामा राखिएको सहकारीका सचिव पवन राईले बताए ।

कृषि पेसाप्रतिको घट्दो मोह जगाउनका लागि दिक्तेल बहुमुखी क्याम्पसका पढाउने सरहरुले पनि दिक्तेल नगरपालिका २ मा नमूना कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।

साढे पाँच रोपनी जग्गा भाडामा लिएर क्याम्पसका सरहरु रबिन सुनुवार, सामप्रसाद राई लगायतले कृषि फार्म सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?