Comments Add Comment

माओवादी केन्द्रको बैठक पार्टी प्यालेसमा, नेताहरुको कार्यविभाजन हुने

Maoist Center९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयाेजक समितिको पहिलो बैठक बस्दैछ ।

जम्बो समिति भएकाले पार्टी कार्यालयमा स्थान अभाव हुने भएपछि बैठक पार्टी प्यालेसमा बैठक हुने भएको हो । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो १ बजे बैठक बस्ने छ ।

माओवादी केन्द्रले जम्बो महाधिवेशन आयोजक समितिमा एक सय सदस्या खाली राख्ने भएको छ । ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने निर्णय भएको छ ।

अध्यक्ष प्रचण्डपछि दोस्रो बरियतामा को रहने भन्नेमा विवाद छ । तर, आइतबार बस्ने महाधिवेशन आयोजक समितिको बैठक अघि नै पोर्ट फोलियोसहित पदाधिकारीको विषयमा अन्तिम सहमति गर्ने तयारी गरिएको छ ।  माओवादी केन्द्रको पदाधिकारी तथा नेताहरुको कार्यविभाजनको निर्णय आज बस्ने बैठकले गर्ने छ ।

एमाओवादी र क्रान्तिकारी माओवादीका बादल पक्षले आफ्नो भागमा परेका सदस्यको टुंगो लगाउन शनिबार दिनभर आन्तरिक छलफल गरेका थिए । दुवै पक्षले आयोजक समितिमा रहने नेताहरुको नाम लगभग टुंगो लगाएका छन् ।

एमाओवादीका तर्फबाट महाधिवेशन आयोजक समितमा पूर्वकेन्द्रीय सदस्यहरु स्वतः रहने गरी मापदण्ड बनाइएको छ । त्यस्ता सदस्य करिब ८० जना थिए ।

समितिमा बादल पक्षले १ सय २५ जना एकता प्रक्रियामा सहभागी भएका थिए । बादल पक्षले बाँकी ७४ सदस्यको नाम शनिबार टुंगो लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment