Comments Add Comment

‘गाँठो’की नम्रता श्रेष्ठ, जसलाई नाम नै बन्दैछ चुनौती

namrata shrestha
नायिका नम्रता श्रेष्ठ भन्ने वित्तिकै हामी, ती सुन्दरीलाई संझन्छौ जसले ‘मौन होस् या क्लासिक’, आफ्नो बेजोड प्रस्तुतीले धेरैको मन जितिन् । चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा उदाउँदै गर्दा नम्रतालाई लिएर दर्शकमा उत्साह पनि थपियो । चलचित्र ‘मेरो एउटा साथी छ’मा त उनले बेजोड नै अभिनय गरिन् ।

तीनै नम्रताको नामसँग ठ्याक्कै मिल्ने गरि, अर्की एक नम्रता श्रेष्ठ पनि यो क्षेत्रमा उदाएकी छिन् । सुरज भुषालले चलचित्र ‘गाँठो’मा नम्रता श्रेष्ठलाई काम गराए, जसले आफ्नो पहिलो चलचित्र ‘मौन’मा पुरानी नम्रता श्रेष्ठलाई खेलाएका थिए ।  namrata shrestha new
नयाँ नम्रता श्रेष्ठका लागि मुख्य चुनौती नाम नै बन्ने देखिएको छ । किनकी, दर्शकको मस्तिष्कदेखि मनमा पुरानी नम्रताले बास गरिसकेकी छिन् । यस्तो, अवस्थामा नयाँ नम्रताले कामसँगै नामलाई पनि स्थापित गर्न जरुरी छ ।

चलेका कलाकारसँग नाम मात्र जुध्दा पनि धेरै नयाँ कलाकारलाई समस्या पर्ने गरेको पाइन्छ । यहाँ, त थर पनि एउटै छ । यस्तो अवस्थामा नयाँ नम्रतालाई के यो नाम चुनौती नबन्ला र ?namrata shrestha new photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment