बलिउड नायिका ज्याकलिन फर्नाडिसले अक्षय कुमारलाई बलिउडको सर्वश्रेष्ठ नायक मान्ने गरेकी छिन् ।
प्रदर्शोन्मुख चलचित्र ‘हाउसफूल-३’मा अक्षय कुमारको साथमा देखिएकी ज्याकलिन भन्छिन्-‘म चाहन्छु यसपटक अक्षयलाई सर्वोत्कृष्ट नायकको उपाधी मिलोस् । किनकी उनी यसका लागि हकदार पनि छन् ।’
तर, संवाददाताले अक्षयले अवार्डमा विश्वास नगर्ने भन्दै ज्याकलिनलाई प्रश्न गरे कि अक्षय अवार्ड भन्दा काममा बढी विश्वास गर्छन ? अवार्ड लिन गएनन् भने के गर्नुहुन्छ ? ज्याकलिनले हाँस्दै भनिन्- ‘अक्षय गएनन् भने म आफैं स्टेजमा जान्छु ।’
केही सुपरहिट चलचित्रमा अभिनय गरेका अक्षयले आजसम्म फिल्मफेयर या अन्य कुनै प्रकारको अवार्डमा ‘सर्वश्रेष्ठ अभिनेता’ को अवार्ड पाउन सकेका छैनन् । ज्याकलिनको अक्षयसँग दोस्ती सन् २०१० मा रिलिज भएको चलचित्र ‘हाउसफूल’ कै सेटमा भएको थियो ।
त्यसो त अक्षय र ज्याकलिनले ‘ब्रदर्स’ पनि सँगै काम गरे तर, कमेडी चलचित्रमा उनीहरुले पहिलो पटक काम गरेका हुन् । अक्षयकै कारण कमेडीमा काम गर्न सहज भएको ज्याकलिनको भनाई छ ।
‘अक्षयकसँग कमेडी चलचित्रमा काम गर्न निकै मज्जा आउँछ । किनकी उनी वास्तवीक जीवनमा पनि कमेडी नै छन्’- सुन्दरीले भनिन् । नायिका प्रीयंका चोपडाले बलिउडका तमाम कलाकारलाई हलिउड जाने बाटो देखाइदिएको भन्दै उनले आफ्नो तत्काल कतै जाने सोच नरहेको बताइन् ।
पी्रयंका आम बलिउड कलाकारका लागि प्रेरणाको स्रोत भएको भन्दै आफू पनि उनीवाट प्रभावित भएको ज्याकलिनको भनाई छ ।
प्रतिक्रिया 4