Comments Add Comment

अनमोललाई ‘गाजलु’ भन्दा ‘ड्रिम्स’को चिन्ता, सलोन र गौरवको गुनासो अर्कै

anmol shristhi and salon
नायक अनमोल केसी विदेशमा आफ्नै कम्पनीले निर्माण गरेको चलचित्र ‘ड्रिम्स’को प्रदर्शनमा सहभागी भएर मंगलबार नेपाल फर्किएका छन् । अनमोल लण्डनमा आयोजना हुने चलचित्र ‘गाजलु’को प्रिमियरमा सहभागी हुने कुरा थियो ।

नायिका श्रृष्टी श्रेष्ठ एक नाटक शोका लागि अहिले लण्डनमा छिन् । उनी सोही समयमा चलचित्रको शोमा सहभागी हुनेछिन् । अनमोल भने विशेष शोमा सहभागी नभई नेपाल नआउनुलाई आश्चर्यको रुपमा हेर्न सकिन्छ ।

चलचित्र प्रदर्शन हुन अब १५ दिन बाँकी छ । तर, चलचित्रको प्रचारमा नायक अनमोल केसीको उपस्थिती शुन्य जस्तै छ । नायिका श्रृष्टी पनि केही दिन अगाडि मिडियासँग कुराकानी गरेर लण्डन पुगेकी हुन् । अनमोल भने एउटा प्रेसमिटमा उपस्थित हुनु बाहेक अरु कतै उपस्थित छैनन् । आफ्नै चलचित्रको प्रदर्शनमा मात्र समय दिएका अनमोलले अबको १५ दिन ‘गाजलु’लाई कति समय दिन्छन्, प्रतिक्षा गरौ ।

यता, चलचित्रका मुख्य २ कलाकारले मिडियाको खोजीमा पनि समय नदिइरहेको समयमा अर्का २ कलाकारको गुनासो भने उचाइमा पुगेको छ । चलचित्रका मुख्य २ कलाकार गौरव पहारी र सलोन बस्नेतले आफूहरु मुख्य कलाकार भएपनि मतलव नगरिएको बताएका छन् ।

उनीहरुले मिडिया र निर्माताले आफूहरुलाई विभेद गरेको भन्दै गुनासो पोखिरहेका छन् । चलचित्रको ट्रेलरदेखि प्रचारमा पनि अनमोल र श्रृष्टी हाबी छन् । तर, यी दुई कलाकार नै चलचित्रको प्रचारमा समय दिन सकेका छैनन् ।

रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment